ताजा समाचार:
Search

अमेरिकि आकाशमा ठोक्किए दुई विमान, चारजनाको मृत्यु

वासिंटन, भदौ १ । अमेरिकाको सान डियागोस्थित विमानस्थल तर्फ आउँदै गरेका दुई विमान उडानकै क्रममा आकाशमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् ।
दुर्घटनामा कम्तीमा पनि चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
आकाशमै ठोक्किएर जमिनमा विमान खसेपछि आगो लागेको थियो । खुला क्षेत्रमा विमान झरेका कारण थप मानवीय क्षति नभएको अधिकारीहरुको भनाई छ ।
संघीय विमान प्रशासन प्रवक्ता इयान ग्रेगरका अनुसार दुर्घटना भएका दुई विमान सानो आकारका हुन् । दुई इन्जिनको एउटा विमान र एक इन्जिनको अर्को विमान आपसमा ठोक्किएका हुन् ।
स्थानीय समय अनुसार आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जनाइएको छ । दुबै विमानमा कति यात्री थिए भन्ने प्रष्ट भइसकेको छैन । उद्धारकर्ताहरुले विमान खसेको क्षेत्र आसपासबाट चार वटा शव बरामद गरेका छन् ।