ताजा समाचार:
Search

अनिल गौतमको ‘मन मेरो खिन्न भो’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी
जेठ १० गते । anil Gautamपर्वतका युवा कलाकार अनिल गौतमको लोकदोहोरी गीत मन किन खिन्न भयो सार्वजनिक भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका गौतम पेशाले निजामति कर्मचारी हुनुहुन्छ । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको लोक दोहोरी एल्बममा अनिल गौतम र देवी घर्तीको स्वर छ ।

गायक अनिल गौतम र प्रह्लाद सुवेदीले लेखेको गीतमा एकनारायण भण्डारीको संगीत छ । म्यूजिक भिडियोमा अनिल स्वयम् र ऋचा थापाले अभिनय गरेका छन् । गीतमा प्रेमभाव प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई आशिष ढकालले निर्देशन गरेका हुन् भने रविन विकले सम्पादन गरेका हुन् । त्यस्तै भिडियोको छायांकन शम्भु चालिसेले गरेका हुन् । काँचै छ भोगटे साँचोमा मायाँ गरेनन् व्यर्थै दिल मात्रै ओगटे भन्ने गीत दुइ हप्तामा सार्वजनिक गर्ने तयारी गरेको गौतमले बताउनुभयो ।