यातायात व्यवसायी थापाले गीत मार्फत बिछोडको पीडा सार्वजनिक गरे

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ चैत ।

धौलागिरी गाउँपालिका ७ धारापानीका छत्रराज थापाको पञ्चेबाजा गित “सुनकै थालमा खाउ” सार्वजनिक भएको छ ।

थापाको शब्द रहेको गीतमा उनिसंगै ताकमका किशोर सुवेदी र पूर्णकला बि.सीको स्वर रहेको छ । किशोर सुवेदीले निर्देशन गरेको यो गीतको म्युजीक भिडियो म्युजीक नेपाल मार्फत युट्युवमा सार्वजनिक भएको हो ।

धारापानी र पोखरामा छायांकन गरिएको म्युजिक भिडियोमा थापा र सिता गुरुङको अभिनय रहेको छ । सवारी चालकको रुपमा यातायात ब्यवसाय गर्दै आएका थापाले यसअघि परेलीमा आसु पारेर बोलको लोक दोहोरी गीत बजारमा ल्याएका थिए । 28828206_1405898892849046_8636183176355613115_o“तिम्ले सुख धनैमा भेट्यौ, चोखो माया गर्नेको मन रेट्यौ, हाँसी हाँसी जाउ सानु (२), धनी घरमा गएर सुनकै थालमा खाउ” भन्दै थापाले माया प्रेममा धनी र गरिबको बाहनामा हुने बिछोडको पिडालाई उजागर गरेका छन् ।