बरंजाका झलकको ‘चौबन्दी चोली’

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ११ गते ।
म्याग्दीको बरंजा ५ ढुङसाङका झलक पुनले सांगितीक यात्रा सुरु गरेका छन् । २२ वर्षिय पुनले आफ्नो गित एल्बम ‘सत’को पहिलो गित चौबन्दी चोली सार्वजनीक गरेका हुन् ।

Jhalak pun 1
लेखु सहयात्रीको शब्द रहेको गितमा स्वर दिएका पुनले एल्बमका अन्य गितहरु पनि रेडर्क गरेर बजारमा ल्याउने तयारी गरेको बताएका छन् । झलकले आफ्नी दिवंगत दिदीको सम्झनामा तयार गरेको एल्बमको पहिलो गित चौबन्दी चोलीको म्युजीक भिडीयोले राम्रै चर्चा पाएको छ ।

Jhalak pun 2

लोक पप शैलीको यस गितको गायनका क्रममा पुनले पृथक शैलीको प्रयोग गरेका छन् । दर्शक स्रोताले नयाँ सांगितीक स्वाद पाएको प्रतिक्रिया दिएका छन् । भ्वाईड्स क्रियशन मार्फत बजारमा ल्याइएको चौबन्दी चोलीको म्युजीक भिडीयोमा नायीका नम्रता सापकोटा र पुष्प खड्काले अभिनय गरेका छन् ।

बिशाल भण्डारीले निर्देशन गरेको उक्त भिडीयो युटुयुमा राखीएको छैटौ दिनसम्म तिन हजार पाँच सय जना भन्दा बढीले हेरीसकेका छन् । भिडीयो हेरेर तथा गित सुनेर देश बिदेशबाट सकारात्मक प्रतिक्रिया पाएकाले उत्साहीत बनेको पुनले सुनाए ।

Jhalak pun 3

विज्ञान संकायमा स्नातक उतिर्ण गरेका पुनले दुई वर्षदेखि शास्त्रीय संगितको पनि प्रशिक्षण लिईरहेका छन् । उनले पढाईसंगै गित संगितलाई पनि अघि बढाउने योजना बनाएका छन् ।

चलचित्रका गित र सुगम संगीतप्रती पुनको रुची छ । ‘चार वटा गित पनि रेकर्ड गरिसकेको छु’ पुनले भने ‘आर्थिक समस्याले गर्दा भिडीयो बनाउन समस्या परेकाले सहयोगीको खोजीमा छु । अवसर पाएमा राम्रो गर्न सक्छु भन्ने आत्वविश्वास छ ।’