ताजा समाचार:
Search

झलक पुनको सालैजो भाका बजारमा (भिडियो)

विकल्प न्यूज /बेनी
चैत २४ गते ।

म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैजो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् ।

दिदि बहिनी इन्टरटेन्टमेन्ट म्युजिक प्रा।लि। मार्फत बजारमा ल्याईएको उक्त म्युजिक भिडियो सहितको गितमा मगर समुदायमा भर्ति हुने परम्परा रहेपनि आफु गाउँकै पाखोबारीमा रमाएको कथा बस्तुलाई समेटीएको छ । नयाँ बर्षको पुर्वसन्धयामा युटुब मार्फत बजारमा ल्याईएको उक्त गितको म्युजिक भिडियोबारे प्रारम्भिक प्रतिकृयाले आफुलाई उत्साहित बनाएको गायक पुनले बताए ।
कृष्ण पिडितको लय सिर्जना रहेको उक्त गितमा गायक पुन , गायीका निता पुन र निरु श्रीषको स्वर रहेको छ भने एरेन्जर आशिष अविरलले गरेका छन् । jalak punकाठमाण्डौको धर्मस्थलीमा छायांकलन गरिएको उक्त म्युजिक भिडियोमा म्याग्देली मोडल मिरा राम्जाली सहित याम गुरुङ , निरु श्रीष, झलक पुन लगायतले नृत्य र अभिनय गरेका छन भने याम गुरुङले नै म्युजिक भिडियोको निर्देशन समेत गरेका छन् । करन चौसिरले छायांकन गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन् । गायक पुनले यस अघि चौबन्दी चोली बजारको गितलाई बजारमा ल्याईसकेका छन् ।