ताजा समाचार:
Search

प्राकृतिक स्रोतको व्यवस्थापन गरेर जनताको जिवनस्तर बदल्छौं

विकल्प न्यूज/बेनी
चैत १४ गते । thamsara pun
साविकका गुर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङ र ताकम गाविसको एक हजार ३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलीएको धौलागिरी गाउँपालिका म्याग्दीको दुर्गम र बिकट भुगोलमा अवस्थित छ । वि.स २०६८ को जनगणना अनुसार १४ हजार १०४ जनसंख्याको बसोबास रहेको यो गाउँपालिकाको अध्यक्षको रुपमा महिला नेता थमसरा पुनले नेतृत्व सम्हालेको दश महिना पुगीसकेको छ । संसारको सातांै अग्लो धौलागिरी हिमाल अवस्थित भएकाले सोहीबाट नामाकरण भएको गाउँपालिकाको विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, सम्भावना र चुनौतीको विषयमा अध्यक्ष पुनसंग नवविकल्पका कार्यकारी सम्पादक सन्तोष गौतमले गरेको कुराकानीका अंश ।

 अप्ठयारो र चुनौतीलाई अवसरमा बदल्न प्रयासरत छांै
 रातारात फर्जी कागजपत्र बनाउने, किर्ते हस्ताक्षर गर्ने जस्ता गतिबिधिलाई नियन्त्रण गर्न कडाईका साथ अनुगमन भैरहेको छ ।
 ठेक्का दिनुप¥यो भनेर आउनेलाई हामीले नो इन्ट्री भनेका छौं
 सरुवा भएका कर्मचारीले पनि रातारात सरुवा मिलाए
 ईन्टरनेट र बैङ्क भएपछि गाउँपालिकाको केन्द्रबाटै नियमित काम गछौं
हामीले प्रतिपक्षको पनि राय, सुझाव र सल्लाहको अपेक्षा गरेका छौं

 स्थानीय तहको नेतृत्व सम्हालेको दश महिनाको अनुभव कस्तो रह्यो ?

Thamsara Punपहिला निश्चित भुगोल, बस्ती र क्षेत्रमा सिमीत थिएँ । बिशेष गरेर एउटा विद्यालयमा केन्द्रित थिएँ । अहिले जिम्मेवारी र भुमीका फेरीएको छ । चौध हजार जनसंख्या, सात वडा र समग्र गाउँपालिकाको नेतृत्वमा छु । दश महिनाको मेरो अनुभव अप्ठ्यारो र अलमल रह्यो । कर्मचारीको अभावले हामीलाई काम गर्न अप्ठ्यारो भएको भयो । प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र दुई जना प्राबिधिकको भरमा गाउँपालिका चलाउनुपरेको छ । सात वटा वडामा चार जना मात्र सचिव छन् । एक जना प्राबिधिक भर्खरै नियुक्त गरेका छौं । अप्ठयारो र चुनौतीलाई अवसरमा बदल्न प्रयासरत छांै ।

 चालु आर्थिक वर्षमा गाउँपालिकाले बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रमको कार्यान्वयनको अवस्था कस्तो छ ?

हामीले बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था सन्तोषजनक छ । विभिन्न अप्ठ्यारोका बावजुद् तिब्र गतिमा विकास निर्माणको काम भैरहेको छ । बजेट बिनियोजन गर्दा एउटा आवश्यकता थियो, समय बित्दै जाँदा अर्को योजनालाई प्राथमिकता दिनुपर्ने अवस्था आएपछि रकमान्तर गरेर काम गर्दा अप्ठ्यारो भएको हो । चालु आर्थिक वर्षमा २५ करोड ८३ लाख २७ हजार रुपैयाँ कुल बजेट बिनियोजन भएकोमा दोस्रो चौमासीक सम्ममा ३३ प्रतिशत वित्तिय प्रगती भएको छ । एकसय १० वटा पूर्वाधार योजना र ११ वटा लक्षित वर्गका कार्यक्रम मध्य फागुन सम्म ८८ वटाको सम्झौता र छ वटाको अन्तिम भुक्तानी भएको छ ।

 बजेट सदुपयोग र प्रभावकारी हुन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

Dhaulageri Gaupalikaधौलागिरी गाउँपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमको बजेट सदुपयोग र प्रभावकारी हुन्छ भन्नेमा म ढुक्क छु । जनताको आवश्यकता र चाहना अनुसार योजना सञ्चालन गरिएको छ । बजेट निर्धारीत समयमा खर्च हुन सकेन भने सञ्चित कोषमा रहन्छ । बजेट सक्नलाई रातारात फर्जी कागजपत्र बनाउने, किर्ते हस्ताक्षर गर्ने जस्ता गतिबिधिलाई नियन्त्रण गर्न कडाईका साथ अनुगमन भैरहेको छ । योजनालाई कागजमा होईन ब्यवहारमा सम्पन्न गर्ने टे«न बसाल्छौं ।

 स्वार्थ समूहको दवाव कत्तिको आउँछ ?
हामीले सबै योजना उपभोक्ता समिति मार्फत सञ्चालन गरेका छौं । ठेक्कापट्टामा गएका छैनांै । जनप्रतिनिधिहरुको निगरानीमा उपभोक्ता समितिलाई परिचालन गरेर काम गर्दा कत्तिको सफल र प्रभावकारी हुन्छ भनेर परिक्षण गर्दैछौं । ठेक्का दिनुप¥यो, काम दिनुप¥यो भन्ने त थिए तर हामीले यसपाली नो ईन्ट्री भनेका छौं । वडा अध्यक्ष र सदस्यहरुले बस्ती स्तरमा उपभोक्ता समितिको कामलाई प्रत्यक्ष निगरानी र सहजिकरण गरिरहनु भएको छ । म र उपाध्यक्षले पनि स्थलगत अनुगमन गरिरहेका छौं ।

 धौलागिरी गाउँपालिको प्राथमिकता के हो ?

Dhaulagiri (1)गाउँपालिका भित्र रहेका प्राकृतिक स्रोत साधनको पहिचान र ब्यवस्थापन गरी जनताको जिवनस्तर बदल्ने र आयआर्जन बढाउने बिस्तृत योजना बनाउँदैछौ । जडिवुटी, पर्यटन र कृषि क्षेत्रमा गाउँपालिकामा प्रशस्त सम्भावना छ । धौलागिरी, गुर्जा हिमाल, ढोरपाटन शिकार आरक्ष, गुरिल्ला र धौलागिरी चक्रिय पदमार्ग हाम्रै भुगोलमा छ । यससंगै पूर्वाधार विकासको क्षेत्रमा सडक विस्तार र स्तारोन्नती तथा केन्द्रिय विद्युतीकरण योजनालाई प्राथमिकता दिएका छांै । खानेपानी सुबिधाको सहज व्यवस्थापनमा पहल गरेका छांैं । West dhaulagari treak (8)यस वर्ष ताकममा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तारको काम भैरहेको छ । सडक नपुगेको ठाउँमा ट्याक खोल्ने र पुराना सडकको स्तरोन्नती गर्दैछौं । अहिले ताकम र मुनामा मात्र सडक सुबिधा छ । मुदी र मराङमा सडक पु¥याउन गाउपालिकाले योजना सञ्चालन गरेको छ । मुना देखि लुलाङ हँुदै ढोरपाटनको जलजला जोड्ने सडक निर्माणको काम सडक डिभिजन कार्यालय बाग्लुङले गरिरहेको छ । लुलाङदेखि गुर्जासम्म यातायात सुबिधा कसरी पु¥याउने भनेर हाम्रो कार्यकालमा डिपीआर बन्छ । गुर्जा दुर्गम छ भनेर बस्दैनौं त्यहा कसरी सहज यातायात सुबिधा दिने भनेर सोचिरहेका छौं । संघीय र प्रदेशसरकारसंग समन्वय गरेर ठूला आयोजना सञ्चालन गछौं ।

 धौलागिरी गाउपालिकाको समस्या र चुनौती के हो ?

भौगोलिक बिकटता भएका कारणले कर्मचारी जानै नमान्ने प्रमुख समस्या र चुनौती हो । सरुवा भएका कर्मचारीले पनि रातारात सरुवा मिलाए । विभिन्न बाहनाबाजी गरेर बिदामा बस्न चाहने । जानै नमान्ने समस्या छ । दुई दशकसम्म हाबी रहेको कर्मचारीतन्त्रलाई हटाउनुपर्छ । कडाईका साथ निगरानी गर्नुपर्छ । राम्रालाई प्रोत्साहन र नराम्रालाई कारबाही गर्नुपर्छ ।

 कर्मचारी बेनीमै बसको र यहाँहरु पनि गाउँपालिकामा भन्दा सदरमुकाममा धेरै भेटिने गरेको गुनासो छ नी ?

यो वास्तवीक बाध्यता हो । सेवा प्रवाहमा प्रत्यक्ष जोडिएको ईन्टरनेट र बैङ्कको सुबिधा नभएकाले यस्तो बाध्यता आएको हो । धेरै काम ईन्टरनेटसंग सम्बन्धित छ । आर्थिक कारोबार कागजपत्र र मुखले बोलेर मात्र हुदैन् । हाम्रो गाउँपालिकामा अहिलेसम्म राष्ट्र बैङ्कले तोकेको बैङ्कको शाखा खुलेको छैन् । जसले गर्दा हाम्रा जनताले दुःख पाएको महशुस गरेका छौं । अन्य स्थानीय तहको भन्दा हामीलाई बढी चुनौती छ । मुना र मुदीको डाँडामा ईन्टरनेट सहितको मोवाईल टावर राख्नका लागि गाउँपालिकाले लगानी गरेर घर बनाएका छौं । एक हप्ताभित्र टावरका सामाग्रीहरु त्यहाँ पुग्छ । बैशाखको १ गतेबाट ताकममा बैङ्कको शाखा खुल्छ । ईन्टरनेट र बैङ्क भएपछि गाउँपालिकाको केन्द्रबाटै नियमित काम गछौं ।

राजनीतिक रुपमा कार्यपालिका र गाउँसभामा यहाँहरुको दुई तिहाई बहुमत छ । बलीयो प्रतिपक्षको अभाव खड्कीएको त छैननी ?

टिमभित्र नभएर के भो त ? बाहीर प्रत्येक पाईला पाईलामा जुझारु रुपमा खबरदारी गरिरहेका छन् । हामी सचेत छौं । एकलौटी कहिल्यै गरेका छैनौं । गर्दैनौ पनि । हामीले प्रतिपक्षको पनि राय, सुझाव र सल्लाहको अपेक्षा गरेका छौं । उहाँहरुको कुरालाई पनि सुनेका छांै । कदर गरेका छांै । सबैलाई समेटेर जिम्मेवार रुपमा अघि बढेका छौं । सहयोगको आवश्यकता छ । बुझ्ने मान्छेलाई एक शब्दमा भने पुग्छ उठ्दा पनि दोष, बस्दा पनि दोष दिने चलन ठिक होईन् भन्ने मेरो अनुरोध छ । चुनावको माहोलमा एउटा पार्टीका थियांै । निर्वाचित भएपछि सबैको साझा हो । हामी त्यस्तै ब्यवहार गछौं र त्यहि अनुरुप प्रस्तुत भएका छौं ।

 गाउँपालिकाको आगामी योजना के छ ?

विषयगत रणनीति योजना बनाउछांै । भर्खरै लघुउद्यम रणनीति बनायांै । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जडिवुटी, जलविद्युत लगायत सम्भावना र विकास निर्माणको विषयमा छुट्टा छुट्टै योजना बनाउदैछांै । संबिधानले स्थानीय तहलाई दिएको अधिकारको प्रयोग गर्न कानुन समेत बनाउने गृहकार्यमा जुटेका छौं । गाउँपालिकाको बस्तुगत अवस्था बुझ्न प्रोफाईल तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । प्रोफाईललाई टेकेर हामी योजना, नीति, बजेट र कार्यक्रम बनाउछौं ।

 समय दिनुभएकोमा धन्यवाद !

हाम्रो विचारहरु जनता माँझ पु¥याउन यहाँको पत्रिकामा स्थान दिनुभएकोमा पत्रिका परिवारप्रति हार्दिक आभार सहित धन्यवाद । नवविकल्पमा प्रकाशित