ताजा समाचार:
Search

म्युजिक भिडियोमा झिँ

विकल्प न्यूज/बेनी
चैत १३ गते ।  Jhi Village Song 2रघुगंगा गाउँपालिका ५ मा पर्ने झिँ गाउँको प्रचारप्रसारका लागि तयार पारिएको गीतको म्युजीक भिडियो छायांकन गरिएको छ । हाम्रो झिँ गाउँ बोलको गीतको म्युजीक भिडियो बनाउनका लागि दृष्य छायांकलन गरिएको हो । धौलागिरी सेञ्चुरी पदमार्गले समेटिएको, पर्यटकीय स्थल टोड्केको फेदीमा पृष्ठभुमिमा धौलागिरी हिमाल देखिने झिँ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण र आकर्षक छ ।

भारतीय गोर्खा सैनीकमा कार्यरत झिँका त्रिलोचन गर्बुजाको उक्त गीतको म्युजिक भिडियो बनाउनका लागि झिँ, टोड्के लगायतका स्थानहरुमा दृष्य छायांकलन गरिएको हो । स्थानीय कलाकार निर्मला गर्बुजाको स्वर र दर्पण यात्रीको संगित रहेको गीतको म्युजिक भिडियो क्रियटिभ मिडिया बेनीका भुपेन बानियाले छायांकन गर्नुभएको हो । Jhi Village Song 1म्युजीक भिडीयोमा मुस्कान पुन, सुविना गर्बुजा, एलिना थजालीले अभिनय गरेका छन् । सुस्मिता श्रेष्ठको मेकअप, राजिन गर्बुजाको कोरीयोग्राफी रहेको म्युजीक भिडीयो छायांकनमा अनुप बानिया र बिशाल गोतामेले सहयोगीको भुमिका निर्वाह गरेका थिए । दृष्य सम्पादन सकिएपछि छिट्टै म्युजीक भिडीयो तयार पार्ने क्रियटिभ मिडीयाका सञ्चालक भुपेन बानियाँले जानकारी दिनुभयो ।