ताजा समाचार:
Search

समृद्धिको पाइलामा गुर्जा

झकवहादुर छन्त्याल /विकल्प न्यूज
फागुन १० गते । gurja-vdcधौलागिरी गाउँपालिकाको गुर्जा म्याग्दीकै विकट र पीछडिएको गाउँ हो । यहाँ छन्त्यल र दलित जातिको वसोवास रहेको छ । यहाँको मूख्य आयस्रोत कृषि,पशुपालन र वैदेशिक रोजगारी हो । यहाँको जनसंख्या १२ सय छ । गुर्जा प्राकृतिक रुपमा सम्पन्न र सुन्दर भएपनि अहिले सम्म गुर्जावासीको विकासमा पहुँच पुग्न सकेन् । आर्थिक,सामाजिक,शैक्षिक र स्वास्थ्यका क्षेत्रमा गुर्जावासीको पहुँच छैन । राजनीतिक रुपमा पनि गुर्जावासी पछिनै छन् । जिल्ला सदरमुकाम देखी भौगोलिक रुपमा टाढा भएकाले गुर्जावासीहरुले अपेक्षीत रुपबाट हिजाका दिनहरुमा फाइदा लिन सकेनन् । लामो समय जनप्रतिनिधि विहिनताको अवस्थाले गर्दा गुर्जावासी विकासमा साझेदारी हुन पाएनन् ।

विगतमा राज्य सँग सम्बन्ध गाँस्नका लागि सदरमुकाम बेनीमै आउनुपर्ने अवस्था थियो । सरकारी निकाय पर्यटक झै गाउँमा पुग्थे । घुमघाम गरेर फर्किन्थे । गुर्जावासीका समस्या समाधान गर्न पहल भएपनि ठोस योजना बनेनन् । सदरमुकाम केन्द्रीत राजनीतिले गुर्जा सधै पछाडि प¥यो । यतिखेर गणतन्त्र हुँदै मुलुकमा नयाँ संविधान निर्माण भएको छ । नयाँ संविधान अनुसार संघियतामा हामी प्रवेश गरेका छौं । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएको नौ महिना पुगिसकेको छ । हामीले स्थानीय सरकार निर्माण गरेका छौं । जनताले स्थानीय सरकारबाट धेरै आशा र अपेक्षा राखेका छन् । jhak chhanteyalनौ महिना अघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट गुर्जाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएको छु । गुर्जालाई विकास र समृद्धिको यात्रामा डो¥याउने जिम्मेवार हामी जनप्रतिनिधिको काँधमा आएको छ । हामीले हाम्रो गाउँ ठाउँको लागि बनाएका योजनाहरु कार्यान्यनको चरणमा छौं । हिजो झँै सदरमुकाममा वसेर बजेट विनियोजन गर्ने प्रचलनको अन्त्य भएको छ । स्थानीय तहको गठन पछि गुर्जाले विकासका लागि राम्रो बजेट पनि पाएको छ । चालु आवमा गुर्जाको विकासका लागि गाउँपालिकाबाट ६३ लाख रुपियाँ विनियोजन भएको छ ।यो बजेट यतिखेर गुर्जाको विकास योजनामा कार्यान्वयन गर्न चरणमा छौं । हिजो योजना सम्झौता गर्न सदरमुकाममा वासा वस्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

संघियताले स्रोतमा जनताको पहुँच सजिलै पुग्दो रहेछ भन्ने अनुभूति गुर्जावासीले गरेको छन् । राज्यबाट पाउने सेवा सुविधा सर्वसुलभ तरिकाले पाएको महशुस गुर्जावासीले गरेका छन् । अव गुर्जालीहरु विकास र समृद्धि हाँसिलका लागि पाइला चाल्दै छन् । गुर्जाको विकासमा ढोका खोल्नका लागि सडकलाई पहिलो प्राथमिकतामा राखेका छौं । जव सम्म सडक सञ्जाल सँग गुर्जा जोड्न सकिँदैन तव सम्म समृद्धिको आशा गर्न सकिँदैन । त्यसका लागि हामी यतिखेर सुरुङ मार्गको परिकल्पना गरेका छौं ।

चालु आवमा गाउँपालिकाबाट सुरुङ मार्गको संभाव्यता अध्ययनका लागि ८ लाख रुपियाँ बजेट विनियोजन गरेका छौं । सुरुङ मार्ग बनाउन सकियो भने यसले हामी गुर्जावासीलाई मात्र होइन समग्र जिल्लाका लागि फाइदा पुग्छ । हाम्रो सुरुङ मार्गको परिकल्पनाले समग्र गुर्जावासीमा उत्साह पैदा गरेको छ । सडकको पहुँच नभएका कारण खाद्यन्न त कुरा नगरौं गुर्जामा औषधि समयमा पुग्दैन । यसका लागि पहिलो सर्त भनेको गुर्जावासीका लागि सडकनै हो । दोस्रो भनेको गुर्जा प्राकृतिक रुपमा धनी छ । यहाँको प्राकृतिक स्रोतसाधनलाई भरपुर उपयोग गर्न सकियो भने गुर्जावासीको जीवनस्तर उकास्न समय लाग्दैन । यहाँको जडिवुटीलाई आधुनिक र व्यवसायिक बनाउन गाउँपालिका र वडाले विशेष योजना बनाउने सोचमा छ । यसो गर्न सकियो भने गुर्जाका युवाहरु विदेशीन पर्दैन गाउँमै रोजगारी सिर्जना हुनेछ ।

शिक्षामा पनि गुर्जावासी ठगिएका छन् । गाउँभरी एउटा मात्र विद्यालय छ । त्यसलाई पनि गुर्जावासीहरुले गास काटेर चलाउनुपर्ने बाध्यता छ । शिक्षालाई सवैको पहुँच सम्म पु¥याउनका लागि गाउँपालिकाले अवका दिनहरुमा नीति बनाउनु पर्ने देखिएको छ । हामीले गुर्जावासीका आधरभूत आवश्यकता मात्र पुरा ग¥यौं भने गुर्जा विकास र समृद्धिको पथमा लम्कीन सक्थ्यो । अहिले गुर्जालाई हेर्ने जुन खालको मनोविज्ञान छ त्यसलाई हामी परिवर्तन गर्न चाहन्छौं । अव गुर्जा यथास्थीतीमा रमाउँने पिछडीएको,अशिक्षित र अविकसीत होइन विकास र समृद्धिको पाइलामा लम्कीने गुर्जा बनाउन चाहन्छौं । गुर्जामा भएको प्राकृतिक स्रोतसाधनलाई संरक्षण गर्दै आधुनिक खेतीपाती अवलम्बन गर्ने योजना हामीले बनाएका छौं । अव हामी अरुको मुख ताकेर होइन गुर्जावासी आफै हिम्मत गरेर विकासको पथमा दौडाउन खोजेका छौं ।

मेरो पाँचवर्षे कार्यकालमा गुर्जालाई साच्चिकै विकासको पथमा पु¥याउने सोच बनाएको छु । यहाँ पर्यटनको पनि राम्रो सम्भावना छ । एकरातका लागि आउने पर्यटक गुर्जाको सुन्दरता देखेर थप एकरात वास वस्ने गर्दछन । गुर्जा हुँदै ढोरपाटन जाने पर्यटकहरुको रोजाई गुर्जा हो । यसका साथै खनिज पर्दाथको पनि राम्रो संभावना छ । जनप्रतिनिधिहरु आएपछि अव गुर्जा वदलिन्छ भन्ने अपेक्षा यहाँका वासिन्दाहरुको छ ।

यसलाई पुरा गर्नु हाम्रो दायित्व हो । हामी गुर्जालाई वदल्न आएका छौं । हामीले गुर्जाका लागि दिर्धकालिन र अल्पकालिन विकास रणनीति बनाएर लागू गर्दैछौं । गुर्जाबाट वाहिर विभिन्न भागमा वसोवास गर्नुहुने गुर्जावासीहरु सँग पनि यहाँको विकासका लागि छलफल र वहश चलाएको छु । उहाँहरुको सकरात्मक प्रतिकृया पाएको छु । गुर्जाको विकास लागि हातेमालो गर्न सवै तयार छन् ।

गुर्जा म्याग्दीको गौरब हो । यहाँको विकास र समृद्धिका लागि समग्र जिल्लावासीकै चिन्ता र चासो हुनुपर्दछ । निजी क्षेत्रले आयोजना गरेर म्याग्दी महोत्सवमा गुर्जाको पर्यटन प्रवद्र्धनका चालिएको कदमले हामी गुर्जावासीलाई उत्साहित बनाएको छ । हामी निजी क्षेत्र सँग सहकार्य गरेर यहाँको पर्यटन प्रवद्र्धन गर्न चाहन्छौं । गुर्जाको विकास र समृद्धिको यात्रामा सवै सरोकारवाला निकायहरुलाई एकसाथ लैजान चाहन्छौं । लेखक छन्त्याल धौलागिरि गाउँपालिका वडा नम्बर १ गुर्जाका वडा अध्यक्ष हुनुहुन्छ ।