जापानमा जुट्यो ओमकुमारी शान्ति कोषलाई ५२ हजार

विकल्प न्यूज/जापान
फागुन १० गते ।

japanरोजगारीको शिलशिलामा जापानमा रहेका म्याग्देलीहरुले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई आर्थिक जुटाउन थालेका छन् ।
कोषका अध्यक्ष राजेश शाक्य जापान भ्रमणमा आएको समयमा यहाँ रहेका म्याग्देलीहरुले सहयोग जुटाउन थालेका हुन । म्याग्दीबाट जापान आएर व्यवसाय सञ्चालन गर्दै आउनुभएका गणेश श्रेष्ठले कोषलाई ५२ हजार रुपियाँ अध्यक्ष शाक्यलाई हस्तान्तरण गर्नुभएको छ ।

बेनी नगरपालिका ९ काउलेगौडाका श्रेष्ठले ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा टेवा पु¥याउने उद्देश्यले उक्त रकम सहयोग गरेको बताउनुभयो । मोना जापानका सल्लाहकार समेत रहेका श्रेष्ठले जापानमा रहेका अन्य नेपालीहरुलाई समेत परोपकारी अभियानमा सहयोग गर्नका लागि समेत अपिल गर्नुभएको छ । भ्रमणका क्रममा यहाँ आउनुभएका शाक्य र म्याग्देलीहरु सँग कोषलाई रकम जुटाउन अन्तरक्रिया र
भेटघाट गर्ने जनाइएको छ ।

आर्थिक अवस्था भएकै कारणले कसैले पनि अकालमै मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यले स्थापित संस्थाले हालसम्म दर्जनौं विरामीको उपचार गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएका म्याग्देलीहरुले कोषबाट उपचार खर्च पाइरहेका छन् । म्याग्देलीहरुले सुरु गरेको यो अभियान नेपालमै नमुना अभियानका क्रममा अघि वढेको छ ।