ताजा समाचार:
Search

बालजागृती आधारभुत विद्यालयमा छात्रावास भवन निर्माण

विकल्प न्यूज/बेनी
फागुन १० गते । DSC_0212बेनी नगरपालिका ५ मा रहेको बालजागृती आधारभुत विद्यालयको वौद्धिक अपाङगता स्रोत कक्षाको छात्रावास भवन निर्माण भएको छ । पलान ईन्टरनेशनल नेपालको सहयोगमा आपङ्ग संघ म्याग्दीद्धारा सञ्चालित समावेशी शिक्षा प्रर्वद्धन परियोजना अन्तरगत तिन कोठे भवन निर्माण भएको हो ।

पलान ईन्टरनेशनलको ५५ लाख ६२ हजार १८ रुपैयाँ सहयोग र समुदायको दुई लाख पाँच हजार ७९३ रुपैयाँ बराबरको श्रमदानमा भवन निर्माण भएको संघका सचिव सुरेन्द्र खत्रीले बताउनुभयो ।
छात्र, छात्राका लागि छुट्टा छुट्टै एक, एक वटा आवास कोठा, एक वटा किचन, एट्याच बाथरुम, अपाङ्गतामैत्री ¥याम्प सहितको एक तले भवन निर्माणका लागि शेर्पा कन्ट्रक्सनसंग ठेक्का सम्झौता भएको थियो ।

बालजागृती आधारभुत विद्यालयमा अध्ययनरत वौद्धीक अपाङ्गता भएका बालबालीकाहरुको आवासीय सुबिधाका लागि निर्माण भएको भवनको क्षमता तिस जनाको छ । वि.स २०६८ देखि सञ्चालित स्रोत कक्षामा हाल २० जना वौद्धीक अपाङ्गता भएका बालबालीकाहरु अध्ययनरत छन् ।