ताजा समाचार:
Search

परिवार नियोजन सचेतना सम्वन्धी सडक नाटक प्रदर्शन

विकल्प न्यूज/बेनी
फागुन १० गते । Beni-1म्याग्दीको वेनी नगरपालिका—८ क्याम्पस चोकमा परिवार नियोजनको सचेतना जगाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको छ । युएसएआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल र सिफो टु को आयोजना तथा धौलागिरी नाट्य समुहका कलाकारहरुको प्रस्तुतीमा नाटक देखाईएको हो ।
परिवार नियोजनका अस्थायी साधानहरुको प्रयोग गर्ने तरिका तथा त्यसका फाईदाहरुको वारेमा नाटकमा रमाईलो गरि प्रस्तुत गरिएको थियो । व्यवस्थित परिवार कसरी गराउन सकिन्छ र जन्मिएका वच्चाको सुखद भविष्यको लागि अभिभावकले गर्नुपर्ने जिम्मेवारीका वारेमा समेत नाटकमा प्रस्तुती गरिएको थियो ।
सो अवसरमा वोल्दै सिफोटु का विसिसि कोअर्डिनेटर राधाकृष्ण डुम्रेले परिवार नियोजनका अस्थायी साधन र युएसएआइडीको परिवार नियोजन सम्वन्धी नीतिनियमका वारेमा जानकारी गराउनुभएको थियो ।
सडक नाटकमा धौलागिरी नाट्यसमुहका अध्यक्ष रवी कार्की,सविना पौडेल,जसोदा भण्डारी,वालकलाकार प्रिन्स थापा लगाएतको प्रस्तुती रहेको थियो ।