परिवार नियोजनको अस्थायी साधानको घुम्ती शिविर सम्पन्न

विकल्प न्यूज/बेनी
फागुन ९ गते । Ruma-1मालिका गाँउ पालिका—२ रुममा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा भएको शिविरमा १४ जना महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाउनु भएको सिफो टु का कर्मचारी रिता वुढाले जानकारी दिनुभयो ।

सोही अवसरमा स्वास्थ्य संस्था व्यवस्थापन समिति तथा महिला स्वास्थ्य स्वयंसेविका वीच पुनरावलोकन तथा छलफल कार्यक्रम समेत सम्पन्न भएको छ ।

जसमा पहिले भएको कार्यक्रमको पुनःसमिक्षा, परिवार नियोजनका नीति नियम तथा भैपरि आउने घटना व्यवस्थापन गर्ने तरिकाको वारेमा कर्मचारी वुढा र सदिक्षा श्रेष्ठले जानकारी दिनुभएको थियो ।

सो कार्यक्रममा मालिका गाँउपालिकाका स्वास्थ्य संयोजक राजेश थापा मगर, वडा अध्यक्ष नरबहादुर पुन लगायतले परिवार नियोजन सुदृढीकरण कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।