लायन्स क्लबको बैठक म्याग्दीमा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ फागुन ।IMG_6448लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि वान को तेस्रो क्याबिनेट बैठक म्याग्दीमा हुने भएको छ । फागुन ११ गते गलेश्वर र १२ गते बेनीमा हुने बैठकको लागि म्याग्दीमा रहेका लायन्स क्लबहरुले तयारीलाई तिब्रता दिएका छन् । बैठकको तयारीका लागि क्लबका सल्लाहकार चन्द्रकुमार केसीको संयोजकत्वमा समिति गठन भएको छ ।

उक्त समितिले बिहीबार जनप्रतिनिधि, सुरक्षा अधिकारी, बेनी, दरवाङ र पर्वत बेनीमा क्रियाशिल लायन्स क्लबका पदाधीकारी र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसंग छलफल गरेको छ ।
११ गते दिउँसो ३ बजे गलेश्वरमा उद्घाटन हुने बैठक १२ गते दिउँसो २ बजे बेनीको खुल्ला मञ्चमा समापन गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा प्रदेश न. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथी रहनुहुने आयोजकले जनाएको छ ।

बैठकमा लायन्स क्लबको ३२५ बिवान डिस्ट्रीक्ट अन्तरगतका कल्वहरुमा आवद्ध करिब दुई हजार जना सहभागी हुने संयोजक केसीले बताउनुभयो । यो कार्यक्रमले म्याग्दीको प्रचारप्रसार र पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

बैठकमा सहभागीहरुले शनिबार बिहान बेनीमा प्रभातफेरी गर्ने कार्यक्रम छ । उनिहरुलाई स्थानीय संघ संस्थाबाट स्वागत गरिनेछ । सरोकारवालाहरुसंग समन्वय, आवास व्यवस्थापन, कार्यक्रम स्थल निर्माण लगायतका तयारी तिब्रताका साथ अघि बढेको छ ।

लायन्स क्लबका सन्तोष रावलले सञ्चालन गर्नुभएको छलफलमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रजिअ कृष्णप्रसाद अधिकारी, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का लगायतले बैठकलाई सफल बनाउनु सबैको दायीत्व भएको बताउनुभयो ।

अन्तराष्ट्रिय स्वमसेवी सामाजिक संस्थाको रुपमा रहेको लायन्स कल्वले नेपालमा विपद् व्यवस्थापन, राहत, निशूल्क आँखा शिवीर सञ्चालन लगायतका काम गर्दै आएको छ ।