बेनीमा अखाद्य पदार्थ मिसाएर चटपट बनाउने माथी जनप्रतिनिधिद्धारा छापा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ फागुन । IMG_0011बेनी नगरपालिका ८ को कोटभण्डार टोलमा अखाद्य पदार्थ मिसाएर चटपट बनाउने ठाउँमा वडाका जनप्रतिनिधिको टोलीले बिहीबार छापा मारेका छन् । मानव स्वास्थ्यको लागि प्रतिकुल असर गर्ने अखाद्य बस्तुको मिसावट गरेर चटपट बनाउने गरेको सूचनाको आधारमा वडा अध्यक्ष रामकृष्ण बराईलीको टोलीले छापा मार्नुभएको हो । बेनी नगरपालीकाको ७ र ८ नम्बर वडा कार्यालयले गत साउनमा बेनी बजारमा चटपट बिक्रीमा प्रतिबन्ध लगाएका थिए ।

नगरपालीकाको निर्णयलाई अटेर गरेर चटपट बनाउने गरेको सूचनाको आधारमा छापा मारेर चटपट बनाउन प्रयोग गरिएका विभिन्न बस्तुहरु बरामद गरिएको वडा अध्यक्ष बराईलीले बताउनुभयो । चटपट बनाउने तरीका र भाडाहरु फोहोरी भेटीएका छन् । चटपटलाई अमिलो बनाउनका लागि पलास्टीकको बोत्तलमा राखिएको पदार्थ के हो भन्ने बारे खुल्न सकेको छैन् ।

चटपटलाई अमिलो बनाउन शौचालय सफा गर्न प्रयोग हुने हारपिक जस्ता अखाद्य बस्तुको प्रयोग हुने गरेको गुनासो रहेको छ । बरामद गरिएका सामान परिक्षणका लागि पठाउने र अखाद्य भेटिएमा कारबाही गरिने वडा अध्यक्ष बराईलीले बताउनुभयो ।