अग्नी पीडित नेपालीको परिवारलाई केसीद्धारा २५ हजार सहयोग

विकल्प न्यूज/जलजला
फागुन ९ गते । DSC_0355पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ किराखोरका अग्नी पीडित गम्बरवहादुर नेपालीको परिवारलाई खेमवहादुर केसीले २५ हजार रुपियाँ बरावरको सामाग्री सहयोग गुर्नभएको छ ।

धाइरिङ सल्यान घर भइ हाल बेनी बजारको कालिपुलका व्यवसायी तथा समाजसेवी केसीले मंगलबार आगलागिबाट पीडित बनेका नेपालीको परिवारलाई बुधबार दुइ थान त्रिपाल,एक बण्डल जस्ता पाता,दुइ बोरा चामल, चाउचाउ,भूजा र पाँच पोका तोरीको तेल गरि करिव २५ हजार बरावरको सामाग्री सहयोग गर्नुभएको हो ।

आगलागीको खवरले आफूलाई दुःखी तुल्याएको बताउँदै केसीले आर्थिक अवस्था कमजोर भएका नेपालीको परिवारको घाउमा मलम लगाउन सवैमा अनुरोध गर्नुभएको छ । आगलागीबाट नेपालीको घर जलेर पूर्ण रुपमा ध्वस्त हुनुका साथै खाद्यन्न,लत्ता कपडा र भाँडाकुडा सवै जलेर नष्ट भएको माओवादी केन्द्र धाइरिङका अध्यक्ष हरिप्रसाद आचार्यले बताउनुभयो । DSC_0357पीडित नेपालीको परिवार अहिले छिमेकीको घरमा अश्रय लिएर बसेका छन् । आगलागिबाट करिव ६ लाख रुपियाँ वरावरको क्षति भएको अनुमान गरिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर नेपाली परिवारलाई सहयोगको खाँचो रहेको आचार्यले बताउनुभयो ।