ताजा समाचार:
Search

प्रवासीको पहलमा विद्यालयलाई पाच लाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ८ फागुन । received_1974791446121299म्याग्दीको मालीका गाउँपालिका ४ मा रहेको महभिर आधारभुत विद्यालयलाई एक प्रवासीको पहलमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

मालीका गाउँपालिका ४ च्युरीबोट घर भई हाल बेलायतमा बसोबास गर्नुहुने खिमबहादुर घर्तीमगरको पहलमा बेलायत र हङकङमा संकलन भएको पाच लाख रुपैयाँ विद्यालयलाई उपलब्ध गराइएको हो ।

७३ वर्षिय घर्तीमगरले वडा अध्यक्ष दिलीप शेरचन मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लकबहादुर श्रीपालीलाई हस्तान्तरण गर्नुभएको हो । घर्तीले बेलायत र हङकङमा रहेका महभिर, च्युरीबोट, ओखरबोट र अन्य नेपालीहरुबाट उक्त रकम जुटाउनु भएको हो ।

सहयोगदाता १७ जनाको नाम नाम्रपत्रमा उल्लेख गरेर अभिलेखको रुपमा विद्यालयमा राखिएको छ । सहयोग प्राप्त रकम विद्यालयको शैक्षिक र भौतिक विकासमा परिचालन गरिने शिक्षीका गंगा घर्तीले बताउनुभयो । वि.स २०३६ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा ५ सम्मको पठनपाठन हुने गरेको छ । तस्विर साधन राम्जाली ।