ताजा समाचार:
Search

बेनी गलेश्वर कालोपत्रे सुरु

विकल्प न्यूज/बेनी
फागुन ८ गते ।                                                                                               IMG_6133  नवविकल्प फलोअप

तेस्रो पटकको म्याद थपपछि बेनी–गलेश्वर सडक कालोपत्रे योजनाको कामले गति लिएको छ । अठार महिनामा सकिनुपर्ने डेढ किलोमिटर सडक कालोपत्रे गर्ने काम साढे दुई वर्षमा पुरा हुन लागेको हो । यो आयोजना निर्माणमा भएको ढिलाईप्रति सरोकारवालाले चासो दिँदै आएका थिए भने नवविकल्प साप्ताहिकले समेत पटक पटक समाचार प्रकाशन गरेको थियो ।

२०७३ फागुन ३ गते सम्पन्न गर्ने लक्ष्य सहित २०७२ साउनमा बिरुवा बिशाल एण्ड बिराट जेभीसंग छ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । गत असारमा कालोपत्रेको तयारी गरिएको अवस्थामा रोकीएको काम फागुन लागेपछि सुरु भएको छ ।

काम भैरहेको अवस्थामा आयोजनाको डिजाईन परिवर्तन हुनु, समन्वयको कमी, प्रतिकुल मौसम, निर्माण व्यवसायीको लापरबाहीका सडक कालोपत्रे गर्न ढिलाई भएको हो ।

एक लेनको सडक कालोपत्रे गर्ने सम्झौता भएकोमा कोरला नाका सञ्चालनमा ल्याउने सरकारको निर्णयसंगै दुई लेनको बनाउने निर्देशन आएपछि काम भैरहेको अवस्थामा स्टिमेट परिवर्तन गर्नुपर्दा लक्ष्य अनुसार काम गर्न नसकिएको निर्माण व्यवसायी कम्पनीका प्रतिनिधि नवराज थापाले बताउनुभयो ।

सडक डिभिजन र बिभागले नयाँ डिजाईन तयार र स्विकृत गर्न ढिलाई गर्दा त्यसको असर कार्यक्षेत्रमा परेको उहाँको भनाई छ । पहिले एक लेन (३.५ मिटर चौडा) सडकमा तिन दशमलब ५ किलोमिटर कालोपत्रे गर्ने सम्झौता थियो । पछि एक किलोमिटर ६०० मिटरमा दुई लेन (७ मिटर चौडाई) कालोपत्रे गर्ने नयाँ सम्झौता भएको छ ।

यो सडक बेनी–जोमसोम सडकको प्रवेश बिन्दु हो । सडक फराकीलो बनाउने, नाली, ग्राभेल, पर्खाल लगायत पूर्बाधार तयार पारेर कालोपत्रे गर्ने तयारी भएको बेलामा बर्खा लागेपछि स्थिगित गरिएको काम भनेको समयमा उपकरण नपाएको र चिसो मौसमका कारण रोकीएर गर्मी बढेलगत्तै सुरु गरिएको प्रतिनिधि थापाले बताउनुभयो । केही दिनमै कालोपत्रे सम्पन्न गर्ने लक्ष्य सहित तिब्र रुपमा काम भैरहेको छ ।

सडक डिभिजनका अनुसार बाँकी एक किलोमिटर ९०० मिटर सडकको कालोपत्रेका लागि ठेक्का प्रक्रिया सुरु गरिएको छ । यसका लागि चार करोड लागत अनुमान गरिएको छ । दोस्रो चरणमा म्याग्दी प्रवेशद्धार देखि गलेश्वर सम्मको सबै सडकमा कालोपत्रे गर्ने योजना रहेको छ ।

पहिलो चरणमा जलेश्वरदेखि गलेश्वरसम्म र पर्वत बगरफाँट जाने पुल देखि डल्लेपिपल सम्म एक किलोमिटर पाँच सय मिटर कालोपत्रे हुन लागेको हो । सडक कालोपत्रे भएपछि प्रशिद्ध धार्मीक स्थल गलेश्वर, म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङ जान आउन प्रयोग हुने बेनी गलेश्वर सडकको यात्रा सहज हुने र समय अवधि छोटीने जनाइएको छ ।