ताजा समाचार:
Search

भ्रष्ट्राचार नियन्त्रण र शुसासन अबको प्रथामिकता

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ७ फागुन ।IMG_6355 म्याग्दीका जनप्रतिनिधिहरुले भ्रष्ट्राचार नियन्त्रण र शुसासन कायम गर्नु अबको प्रमुख दायीत्व भएको बताएका छन् । ६८ औ प्रजातन्त्र र दोस्रो निर्वाचन दिवसको अवसरमा सोमबार बेनीमा आयोजित कार्यक्रममा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिहरुले संबिधानको कार्यान्वयन, विकास र सम्बृद्धी हाँसील गर्न भ्रष्ट्राचार नियन्त्रण र शुसासन कायम गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनीधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले नयाँ व्यवस्थाबाट जनतालाई राहत र सुबिधा दिई विकास निर्माणलाई गति दिन राजनितिक नेतृत्व, कर्मचारी र आम नागरीकले कार्यशैली, सोचाई र ब्यवहारमा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँले संघीय गणतन्त्रात्मक व्यवस्थाबाट पछि फर्कने अवस्था नरहेकाले यसलाई सफल बनाई देशलाई आर्थिक रुपमा सम्बृद्ध बनाउन नयाँ सरकारले शुसासनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य बिनोद केसीले भ्रष्ट्राचार र ढिलासुस्ती आर्थिक सम्बृद्धी र विकासको बाधकको रुपमा रहेकाले यसको अन्त्य गर्न सबै क्षेत्र सचेत भएर लाग्नुपर्ने बताउनुभयो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले तिन वटै तहका सरकारबीच समन्वय गरेर गरिबीको अन्त्य, रोजगारी सिर्जना, शुसासन र विकासलाई गति दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पुर्व सभाषद् रेशमबहादुर बानिया, सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र नागरीक समाजका सुर्दशनकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको अध्यक्षता, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालन र जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

दिवसको अवसरमा सोमबार बिहान बेनी बजारमा जनप्रतिनिधि, राजनितिकर्मी, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको सहभागीतामा ¥यालीको आयोजना गरिएको थियो ।