तिन वटा सहकारीका सञ्चालकबीच अन्तरक्रिया

विकल्प न्यूज/बेनी
फागुन ६ गते ।IMG_6332बेनीमा आईतबार तिन वटा सहकारी संस्थाका सञ्चालकहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनीको दिदीबहीनी, भक्तपुर जिल्ला सहकारी संघ र रुपन्देहीको क्षितीज बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुबीच अनुभव आदानप्रदान गरिएको हो ।

दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामीछाने, क्षत्तीज बचत तथा ऋण सहकारीका कार्यबाहक अध्यक्ष बिष्णुप्रसाद बस्याल र भक्तपुर जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाले आ आफ्नो संस्थाको गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो ।

दिदीबहीनीका अध्यक्ष लामीछानेको अध्यक्षता, कर्जा व्यवस्थापक बिष्णु रोकाको स्वागत र कमला जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालीकाका उपप्रमुख सञ्जु बरुवालले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो । महिलाहरुको मात्र लगानी र व्यवस्थापनमा सञ्चालीत दिदी बहिनी सहकारीमा देशका विभिन्न ठाउँबाट अध्ययन अवलोकनका लागि सहकारी कर्मीहरु आउने गरेका छन् ।