जनप्रतिनिधिलाई साक्षी राखेर माउण्टमा भित्रीए नयाँ संचालक

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, ६ फागुन । mauntबेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविमा नयाँ लगानीकर्ता र सञ्चालक भित्रीएका छन् । २५ वर्षदेखि चन्द्रकुमार केसी, सुरत केसी र राजु केसीले सञ्चालन गर्दै आएको माउन्ट एभरेष्टमा भित्रीएका नयाँ सञ्चालकहरुको आईतबार एक समारोहको आयोजना गरेर सार्वजनीक गरिएको ।

हरिकुमार श्रेष्ठ, लिलाबहादुर बानियाँ, राजेश शाक्य, प्रमोद श्रेष्ठ, रमेश गिरि, सुविन श्रेष्ठ र किरण सापकोटा माउन्टमा नयाँ लगानीकर्ताको रुपमा भित्रीनुभएको हो । संचालकहरुको औपचारिक घोषणा कार्यक्रमलाई उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले देश विकासका लागि दक्ष र योग्य जनशक्तिको आवश्यकता रहेको बताउनुभयो ।

सो अवसरमा संचालन तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले आधुनिक प्रविधिसंगको शिक्षालाई प्राथमिकता दिएर अघि बढ्ने नया संचालक समिति प्रतिवद्ध रहेको बताउनुभयो । सो कार्यक्रममा बुद्ध एकेडेमीका राजकुमार थापा, माउण्ट एभरेष्टका अभिभावक संघका अध्यक्ष सन्तोष रावलले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै माउण्ट एभेरष्टका संस्थापक चन्द्रकुमार केसीले नयाँ संचालन समितिको घोषणा गर्दै संचालक किरण सापकोटाले माउण्ट एभरेष्टको गतिविधिसहित नयाँ योजना प्रस्तुत गर्नुभएको थियो । विद्यालयमा पढेर विभिन्न क्षेत्रमा उच्च पदमा पुगेका पुर्व विद्यार्थी एवम् अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको थियो ।

विद्यार्थीले विभिन्न सास्कृतिक प्रस्तुती समेत देखाएका थिए । माउण्ट एभरेष्टका अध्यक्ष चन्द्रकुमार केसीको अध्यक्षता, राजु केसीको संचालनमा सम्पन्न कार्यक्रममा जिसस प्रमुख देवेन्द्रकुमार केसी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा अभिभावकहरुकोे उपस्थित रहेको थियो ।