ताजा समाचार:
Search

प्रजातन्त्र दिवसका अवसरमा बेनीमा सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ६ फागुन । IMG_6299६८ औ प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा आईतबार बेनीमा बजार सरसफाई गरिएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा बेनीको कालीपुल, दरवाङ्ग बसपार्क, खेलमैदान लगायत सार्वजनिक स्थलहरुको सरसफाई गरिएको हो । सार्वजनिक स्थलहरुमा फालीएका पलास्टीक जन्य र नकुहिने फोहोर संकलन गरेर बेनी नगरपालिकाको ट्याक्टर मार्फत व्यवस्थापन गरिएको थियो ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ लगायत जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, ब्यापारी र बजारबासीहरुको सहभागीता रहेको थियो ।

जिसस प्रमुख केसीको अध्यक्षतामा गठन भएको ६८ औ प्रजातन्त्र र दोस्रो निर्वाचन दिवस आईतबारदेखि त्रिदिवसीय कार्यक्रम गरेर मनाउने निर्णय भएअनुसार सरसफाई गरिएको हो । आईतबार साँझ सरकारी कार्यालय र मठमन्दिरमा दिपावली तथा सोमबार बेनीमा ¥याली र समारोहको आयोजना गरेर दिवस मनाउने कार्यक्रम तय भएको छ ।