बुद्ध एकेडेमीको १२ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण

विकल्प न्यूज/बेनी
फागुन ६ गते । 27983415_1656451641067575_7101810014867315911_o बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीको १२ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
५ दिनसम्म विविधि कार्यक्रमको आयोजना गरेर अभिभावक दिवस मनाइएको हो । अभिभावक दिवसको अवसरमा आयोजित सभामा प्रमुख अतिथी जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको शैक्षिक विकासमा नीजि विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
गुणस्तरीय र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउदै जिसस प्रमुख केसीले दक्ष जनशक्तिबाट नै समृद्ध नेपाल निर्माण हुनेभएकोले विद्यार्थीहरुले दक्षता वृद्धि गर्न जोड दिनुपर्छ भन्नुभयो । 28061679_1656451881067551_4465635687262096694_o(1)त्यसैगरी विशिष्ट अतिथी जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले शैक्षिक विकासमा नीजि विद्यालयको योगदानको प्रशंशा गर्दै दीगो र गुणस्तरीय शिक्षाको आवश्यकता भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले शिक्षाको सार्थकता नैतिकवान हुनु र चरित्रनिर्माण गर्नुमा नै रहेको बताउँदै विद्यार्थीहरुको चौतर्फी क्षमता विस्तारमा अभिभावक,विद्यालय र सरोकारवालाहरुले ध्यान दिनुपर्छ भन्नुभयो । त्यसैगरी प्रतिभा उमावि पोखराका संयोजक एवम् गण्डकी एकेडेमी पोखराका कोअर्डिनेटर किरण सापकोटाले बुबाआमाका लागि छोराछोरी र छोराछोरीका लागि बुबाआमा नै संसारका सबैभन्दा ठूला सम्पत्ति भएको बताउँदै आफ्ना छोराछोरीको व्यवहार र वातावरणमा बुबाआमाले ख्याल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्याब्सन म्याग्दीका उपाध्यक्ष शिवकुमार श्रेष्ठ,नेपाल शिक्षक संगठन म्याग्दीका अध्यक्ष एवम् श्रोतव्यक्ति जयराम सुवेदी, नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष एवम् श्रोतव्यक्ति दुर्गाराम सुवेदी,प्रिन्सीपल राजेन्द्रप्रसाद शेढाइँ,विद्यार्थी रिया तुलाचन लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा विभिन्न विधाहरुमा उत्कृष्ट हुने विद्यार्थी,अभिभावक र शिक्षक शिक्षिकाहरुलाई पुरस्कार वितरणका साथै सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय संचालक समितिका अध्यक्ष मुक्ति रोकाको अध्यक्षता, जिसस प्रमुख देवेन्द्रवहादुर केसीको प्रमुख आतिथ्यता, धु्रबसागर शर्मा,प्रेम शाही र सरला परियारको संचालनमा सम्पन्न भएको थियो ।