बेनपाका जनप्रतिनिधि र कर्मचारीको अभिमुखीकरण कार्यक्रम सुरु

सन्तोष गौतम/विकल्प न्यूज
गलेश्वर ४ फागुन । IMG_6102बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि गलेश्वरमा सुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, १० वटा वडाका अध्यक्ष, कार्यपालीका सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी र वडा सचिवहरुको सहभागीता रहेको छ ।

स्थानीय तहको अधिकार, काम, कर्तब्यको बारेमा छलफल गरी नगरपालिकाको विकास गतिबिधि र सेवा प्रवाहलाई व्यवस्थित तथा सहज बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताउनुभयो ।

तालीममा नगर कार्यपालीकाको काम कर्तब्य र अधिकार, आवधिक योजना तर्जुमा, वार्षिक योजना तथा समन्वय अनुगमन, कार्यान्वयन, स्थानीय तहबाट हुने सिफारीस सम्बन्धि व्यवस्था, स्थानीय सरकारको वित्त व्यवस्थापन लगायतका विषयमा अभिमुखीकरण गरिने भएको छ ।
तालीमको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, रमेश अधिकारी, डिलाराम पन्थी लगायतले सहजिकरण गर्नुहुने जनाइएको छ । स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीच रहेको दुरी घटाई बुझाईमा एकरुपता कायम गरी कार्य सम्पादनमा सहजता ल्याउन कार्यक्रम सहयोगी बन्ने अपेक्षा गरीएको छ ।