ताजा समाचार:
Search

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति पुर्नगठन

विकल्प न्यूज/दरवाङ
फागुन ३ गते ।27972216_1621251737953125_5044381395602209978_nमालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिको विहिवार पुर्नगठन भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएसंगै  दरवाङका वडा अध्यक्ष सन्तनाथ सुवेदीको अध्यक्षतामा सात सदस्यीय नयाँ व्यवस्थापन समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा थमन गौतम, मालिकाका अध्यक्ष संरक्षण, सदस्य सचिवमा केन्द्र प्रमुख डाक्टर राजेन्द्र पौडेल, सदस्यमा वडा सचिव सोम वहादुर केसी र जनप्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदी रहनुभएको छ ।

समितिमा एक जना वडा कार्यालयका प्रतिनिधि र गाउँपालिकाका अध्यक्षले मनोनित गर्ने एक जना महिला सदस्य रहने व्यवस्था छ । समितिका निवर्तमान अध्यक्ष हिरा वहादुर पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पुराना समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।