बेनीमा म्याद नाघेका औषधि र खाद्यबस्तु बरामद

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ फागुन ।IMG_6035बेनीमा बुधबार बजार अनुगमन टोलीले बिक्रीका लागि राखिएका म्याद नाघेका औषधि र खाद्यबस्तु बरामद गरेको छ । होटल तथा रेष्टुरेन्ट, मासु, खाद्यान्न र औषधि पसलहरुको अनुगमन गर्दा भेटिएका म्याद नाघेका सामान बरामद गरीएको अनुगमन टोलीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा प्रहरी, बेनी नगरपालिका, कोलेनीका, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्चको टोलीले १५ वटा पसलहरुको अनुगमन गरिएको थियो ।

बिक्रीका लागि पसलमा राखिएका म्याद नाघेका सामान जफत गरी दर्ता नभएका, मापदण्ड पुरा नगरेका पसलका सञ्चालकहरुलाई प्रशासनमा हाँजीर हुन निर्देशन दिइएको सहायक प्रजिअ पोख्रेलले बताउनुभयो । हुलाक चोकका पपुलर फर्मामा पतञ्जली आर्युवेद कम्पनीका चुर्ण, अचार र अन्य म्याद नाघेका औषधीहरु बरामद भएको छ ।

यसैगरी बिनीसा स्टोर्शबाट ४२ प्याकेट कुरमुरे, भकिम्ली होटलबाट जुस बरामद भएको छ । शालीग्राम होटल र सफल क्याफेलाई मदिरा बिक्री वितरणका लागि ईजाजत लिन निर्देशन दिइएको कोलेनीका प्रमुख छवीन्द्र बेल्वासेले बताउनुभयो ।