ताजा समाचार:
Search

सुदिप रावल स्मृति कोषद्धारा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, १ फागुन ।

 

 

 

 

????????????????????????????????????

सुदिप रावल स्मृति कोषले राष्ट्रिय परिक्षा बोर्डले वि.स २०७३ र २०७४ मा लिएको दश जोड दुई तहको परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने म्याग्दीका तीन विद्यार्थीहरुलाई मंगलबार पुरस्कृत गरेको छ ।

वि.स २०६६ फागुन १ गते बागलुङमा दुर्घटनामा परि दिवंगत भएका रावलको स्मृतीमा स्थापना भएको कोषले औसत अंकमा जिल्लामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरिएको हो ।
जिल्ला प्रथम हुने न्यु वेष्ट पोइन्ट आवासीय माविकी छात्रा गंगा शेरपुञ्जा (७९.२), द्धितीय हुने माउण्ट एभरेष्ट आवासीय उच्च माविकी छात्रा काजल रोका (७८.८२) र तृतीय हुने माउण्ट एभरेष्टकी सुस्मा आर्चाय (७५.२) लाई सम्मान गरिएको थियो ।

प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा, कोषका अध्यक्ष सन्तोष रावल र संरक्षक दुर्गाबहादुर रावलले उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत र सम्बन्धित विद्यालयलाई सम्मान गर्नुभएको थियो ।

सम्मानित हुने विद्यार्थी उच्च शिक्षाका लागि जिल्ला र देश बाहिर रहेकाले विद्यालयका शिक्षकलाई कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई क्रमशः नगद रु. ५ हजार, ३ हजार र २ हजारको साथमा सम्मान पत्र एवम् खादाले सम्मान गरिएको थियो । त्यस्तै विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा विभिन्न क्रियाकलाप गर्ने उद्देश्यले रावलको स्मृतिमा परिवारले दुई लाख ५० हजारको अक्षय कोषको स्थापना गर्नुभएको थियो । कोषको रकमलाई बृद्धि गर्दै सामाजिक कार्यहरुमा समेत थप रचनात्मक कार्यहरु गर्ने योजना रहेको कोषका अध्यक्ष रावलले बताउनुभयो ।

कार्यक्रममा साँसद थापाले स्वर्गीय रावलको स्मृतिमा कोषले शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा गर्दै आएको कार्यहरु रचनात्मक रहेको बताउनुभयो । कोषका अध्यक्ष रावलको अध्यक्षतामा भएको कार्यक्रममा कोषका कोषाध्यक्ष चन्द्रकुमार केसीले शुभकामना मन्तव्य, सदस्य हरिकृष्ण गौतमले स्वागत र सचिब विक्रम बोगटीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
सोही अबसरमा स्वर्गीय सुदिपका नवविवाहित माहिला दाजु विकास रावल र भाउजु सन्ध्या केसी रावलले कोष मार्फत म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहिन विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको दृष्टिविहिन पुस्तकालयलाई २५ हजार सहयोगको घोषणा गर्नुभएको छ ।