ताजा समाचार:
Search

सदरमुकाम बाहिर पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

सन्तोष गौतम/विकल्प न्यूज
बाबियाचौर १ फागुन । 28116824_1667982429932170_1894353473_nम्याग्दीमा पहिलो पटक सदरमुकाम बेनी बाहिर अन्तर विद्यालय स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले यही फागुन १६ देखि १९ गतेसम्म मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
बाबियाचौर स्थित मंगला माविमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले राज्य पुनसंरचनाको कार्यान्वयन, ग्रामिण क्षेत्रका विद्यालयहरुको अपेक्षा अनुसार स्थानीय तहहरुसंग समन्वय गरेर पहिलो पटक सदरमुकाम बाहिर राष्ट्रपति रनि«ङ शिल्ड आयोजना गरिएको जानकारी दिनुभयो ।

फागुन १६ गते दरवाङमा उद्घाटन हुने प्रतियोगिताको १९ गते बाबियाचौरमा समापन गरिने उहाँले जानकारी दिनुभयो । कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने प्रतियोगिता अन्तरगत कवड्डी, भलिबल, एथ्लेटिक्स, कँराते, उसु र तेक्वान्दो बिधामा प्रतिस्पर्धा हुने जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितियय, तितृय हुने विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश ९५ हजार, ५५ हजार र ३५ हजार तथा सबै खेल बिधामा उत्कृष्ट खेलाडीलाई एक हजार पाँच सयका दरले पुरस्कृत गरिने अध्यक्ष विश्वकर्माले बताउनुभयो । प्रतियोगिताको निश्चित बिधामा भाग लिने विद्यालयलाई दश हजारका दरले सुबिधा उपलब्ध गराइने समितिले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि १६ लाख ९५ हजार रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । जिल्लाका छ वटै स्थानीय तह, कार्यक्रम सञ्चालन हुने ठाउँका विद्यालय, युवा कल्व, आमा समूह र खेलकुदका विषयगत संघसंग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गरिने समितिले जनाएको छ ।

प्रतियोगिताको तयारीका लागि अध्यक्ष विश्वकर्माको संयोजकत्वमा ११ वटा उपसमिति गठन भएको छ । पत्रकार सम्मेलनमा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले ग्रामिण क्षेत्रमा पहिलो पटक जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन हुनु स्वागतयोग्य भएको बताउँदै सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मालीका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सदरमुकाम बाहिर आयोजना भएको प्रतियोगिताले गाउँठाउँमा लुकेर रहेका खेल प्रतिभाले अवसर पाउने बताउनुभयो । समितिका सदस्य लेखनाथ शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा मालीका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, दरवाङका वडा अध्यक्ष सन्तोष सुवेदी, बाबियाचौरका वडा सदस्य राजु पाण्डे र जनप्रिय माविका प्रअ दिवाकार सुवेदीले गाउँपालिकामा प्रतियोगिता आयोजना हुन लागेकोमा उत्साहीत भएको बताउनुभयो ।