ताजा समाचार:
Search

गलेश्वरमा शिवको नृत्य अवतार नटराजको मुर्ती अनावरण

सन्तोष गौतम /विकल्प न्यूज
गलेश्वर २९ माघ । IMG_5890बेनी नगरपालिका ९ मा रहेको धार्मीक स्थल गलेश्वरमा हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव भगवान शिवको नृत्य अवतार मानीने नटराजको मुर्ती अनावरण गरिएको छ ।
गलेश्वरमा रहेको १०८ शिवलीङ्गको बिचमा स्थापना गरिएको नटराजको मुर्तीको प्रदेशसभा सदस्य बिनोद केसीले सोमबार अनावरण गर्नुभएको हो ।

पोखरा उपमहानगरपालिका १० का चन्द्रबहादुर, चेतबहादुर, हेमबहादुर, भिमबहादुर, सरीता र भिमकुमारी पुनले दिवंगत आमा भद्रशिला पुनको स्मृतीमा सो मुर्तीको स्थापना गर्नुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

तिन लाख ७५ हजार रुपैयाको लागतमा स्थापना गरिएको मुर्ती गलेश्वर दर्शनका लागी आउने भक्तजनका लागि थप आकर्षण बन्ने कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।  IMG_5882मुर्तीको अनावरणपछि कार्यक्रममा मन्तब्य व्यक्त गर्दै प्रदेशसभा सदस्य केसीले कालीगण्डकी कोरीडोर अन्तरगत लुम्बीनी र मुक्तिनाथको केन्द्रमा पर्ने गलेश्वरको विकासमा समुदाय र कोषले महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

गलेश्वरको प्रचारप्रसारसंगै गलेश्वर, राममन्दिर र गायत्री मन्दिरलाई जोड्ने नयाँ धार्मीक गन्तब्य स्थलको रुपमा विकास गर्न पहल गरिएको प्रदेशसभा सदस्य केसीले बताउनुभयो ।

बेनी नगरपालीकाको गलेश्वर, जलजला गाउँपालीकाको राममन्दिर र रघुगंगाको गायन्त्री मन्दिरको समग्र धार्मीक पर्यटन विकासका लागि पहिलो चरणमा गलेश्वर देखि राममन्दिर जोड्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माणमा प्राथमिकता दिइएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।
कोषका अध्यक्ष केसीको अध्यक्षता र सदस्य सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेल, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की र बेनपा ९ का वडा अध्यक्ष बेलबहादुर चोखालले मन्तब्य व्यक्त गर्नुभएको थियो । IMG_5877अध्यक्ष केसीले मुर्ती स्थापनाको प्रतिवेदन प्रस्तुत गर्नुहुदै कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलीएको एउटै शिलामाथी अवस्थित गलेश्वरको धार्मीक पर्यटन विकासका लागि हालसम्म नौ करोड लगानी भएको बताउनुभयो । समुदाय, विभिन्न दाता र कोषको ८ करोड तथा सरकारी निकायको एक करोड लगानी भएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौको होटल रेडीसनकाका अध्यक्ष गोविन्द दास श्रेष्ठले सरस्वती गोविन्द प्रतिष्ठानको नाममा गलेश्वरमा तिर्थयात्री निवासका लागि पचास लाखको लागतमा २ तले चार कोठे भवन निर्माणको तयारी गर्नुभएको छ ।

कालीगण्डकीको जल पम्पिङ गरी शिवालय परिसरमा १०८ धारा निर्माण कार्यका लागि खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दी मार्फत विस्तृत सर्वेक्षण भैसकेको छ । गलेश्वर देखि राममन्दिर जोड्ने झोलुङ्के पुल निर्माणको प्रक्रिया अघि बढेको अध्यक्ष केसीले बताउनुभयो । यसैबीच मंगलबार शिवरात्री पर्वको अवसरमा गलेश्वरमा लाग्ने मेलाको सबै तयारी पुरा भएको कोषले जनाएको छ । शिवरात्री पर्वको मेला भर्न सोमबारदेखिनै देशका विभिन्न ठाउँबाट भक्तजन गलेश्वर आउन सुरु भएको छ ।