अपडेट ः बोलेरो दुर्घटनामा तिन जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, २८ माघ । 27654915_1860060627368453_3156052051194583485_nम्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटमा आईतबार दिउँसो बोलेरो जिप दुर्घटना हुदाँ तिन जनाको मृत्यु भएको छ । बेनी देखि अन्नपूर्ण गाउँपालीकाको शिख तर्फ जादै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो जिप बेनी जोमसोम सडकको रिठाबोट भन्ने ठाउँमा कालिगण्डकीमा खसेर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् ।

अन्नपूर्ण गाउँपालीका ५ का चालक समेत रहेका सवारी धनी ३७ वर्षिय भुपिन पुन, शिखकै २० वर्षिया रितु तिलीजा पुनको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिबप्रसाद पाठकले जानकारी दिनुभयो ।

रघुगंगा गाउँपालीका १ बेगकी ३५ वर्षिया लिमाया तिलीजा पुर्जाको जिपमा च्यापीएको अवस्थामा शव फेला परेको घटनास्थल पुग्नुभएका प्रहरी निरिक्षक लोकबहादुर गुरुङले बताउनुभयो ।
सडक देखि करिब पचास मिटर तल कालीगण्डकी नदी किनारमा जिप खस्दा घाईते भएका अन्नपूर्ण गाउँपालीका ७ दोसल्लेकी ३१ वर्षिया कल्पना गर्बुजा र पोखरा लेखनाथ महानगरपालीका २ अर्चलबोटकी २७ की दिपा पुनलाई पोखरा रिफर गरिएको छ ।