बैंसरीमा जिप खस्दा दुइको मृत्यु

विकल्प न्यूज /बेनी
माघ २७ गते । 27654915_1860060627368453_3156052051194583485_nम्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतवार दिउसो सडकबाट बोलेरो जिप खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडक खण्ड अन्र्तगत रिठाबोटमा सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको थियो ।

जिप दुर्घटनामा शक्त घाईत भएका मध्ये २ जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो । मृत्यु हुनेमा बोलेरो चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ का भुपिन पुन र यात्रु शिखकै रितु तिलिजा पुन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनमा परि घाईते अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी कल्पना गर्वुजा र पोखरा अर्चलबोट बस्ने दिपा पुनलाई थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

बेनीदेखि शिख जाँदै गरेको सो जिपमा चालक सहित ५ जना सवार रहेको घाईतेहरुले बताएपनि अहिलेसम्म एक जनाको अवस्था पत्ता लाग्न नसकेको घटना स्थलमा पुग्नुभएका प्रहरी नायब निरिक्षक मिनबहादुर थापाले जानकारी दिनुभयो ।
दुर्घटनालगत्तै स्थानीयबासी र प्रहरीद्धारा घाईतेहरुको उद्धार गरिएको थिए ।