महारानी थानलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न जोड

विकल्प न्यूज/बेनी
माघ २६ गते ।maharani mandir म्याग्दीको बेनी नगरपालिका ७ कुरीलाखर्कमा रहेको महारानी थान मन्दीरको प्रचारप्रसार र पूर्वाधार निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड दिइएको छ । शुक्रवार महारानी थान क्षेत्र विकास समितिको तेस्रो अधिवेशन तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले ऐतिहाँसिक धार्मिक स्थलको संरक्षण र प्रचारप्रसार गर्न सकेमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य भुपेन्द्रवहादुर थापाले महारानी थानमा थप भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताउँदै धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकेमा जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । धार्मिक क्षेत्रले आन्तरिक पर्यटन भिœयाउन सहयोग पुग्ने भएकाले प्रचारप्रसार र संरक्षणमा सवैको पहल हुनुपर्ने उहाँको भनाई थियो ।

प्रदेशसांसद द्धाय नरदेवी पुन र विनोद केसीले म्याग्दीमा रहेका धार्मिक क्षेत्रको विकासमा जोड दिनुभएको थियो । सांसदद्धायले प्रशिद्ध धार्मिक स्थल मुक्तीनाथ प्रवेशद्धारका रुपमा म्याग्दी भएकाले यहाँका धार्मिक क्षेत्रहरुमा पूर्वाधार निर्माण गर्नुका साथै प्रचारप्रसार गर्न सके ठूलो मात्रामा आन्तरिक पर्यटन भिœयाउन सकिने विचार व्यक्त गर्नुभएको थियो । marani mandir 1कार्यक्रममा प्रमुख जिल्ला कृष्णप्रसाद अधिकारी, पूर्व सांसद नवराज शर्मा,नेपाली काँग्रेसका मिन वहादुर कार्की, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, सहभागि कृष्णवहादुर बानियाँ, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयकी संचालिका रिना दिदिले धार्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धनमा जोड दिनुभएको थियो ।

यसका साथै प्रतिनिधिसभा सदस्य थापाले मन्दिर परिसरमा निर्माण भएको नवनिर्मित एकतल्ला भवनको उद्घाटन गर्नुभएको थियो ।

समितिका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षता सचिव माधवप्रसाद रेग्मीको सञ्चालन सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठ,सचिव रेग्मी र कोषाध्यक्ष यामवहादुर शाक्यले क्रमशः संस्थाको प्रगति प्रतिवेदन,सचिवको प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनले आगमी नयाँ कार्यकालका लागि नयाँ समिति चयन गर्ने जनाइएको छ ।

दर्शन, भाकल र पुजाआज गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास बोकेको महारानी थान मन्दीर जिल्लाको प्रमुख धार्मीक स्थल मानिन्छ । महारानी थानमा आउने भक्तजनको सुबिधा र त्यसको प्रर्वद्धनका लागि मन्दिर परिसरमा पर्खाल र तारबार, टहरा, शौचालय, पार्क निर्माण, खानेपानीको सुबिधा, नयाँ मुर्ति प्रतिष्ठापन गरी थानलाई व्यवस्थित गरिएको छ । सदरमुकामको दृष्य अवलोकनका साथै एकान्त र मनोरम स्थल भएकाले महारानी थान पर्यटकीय हिसावले पनि सम्भावनायुक्त मानिन्छ ।

यसै विच अधिवेशनले अमृत देवी बानियाँको अध्यक्षतामा नयाँ कार्य समिति  चयन गरेको छ । उपाध्यक्षमा लक्ष्मी जोशी,सचिव उमा रिजाल,कोषाध्यक्ष टिकाकुमारी रेग्मी, सदस्यहरुमा प्रमोद श्रेष्ठ,दलप्रसाद श्रेष्ठ,कुलप्रसाद श्रेष्ठ,सुवेदार गन वहादुर थापा,इश्वरी प्रसाद शाक्य,क्षेत्रवहादुर हमाल र चन्द्रवहादुर खत्री चयन भएको निवर्तमान अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।