ताजा समाचार:
Search

मालीकाले २७.४ प्रतिशत बजेट खर्च ग¥यो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ माघ । malika 0म्याग्दीको मालीका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४७५ को छ महिनाको अवधिमा २७.४ प्रतिशत बजेट खर्च गरेको छ ।

२८ करोड ५७ लाख ६८ हजार रुपैयाँ कुल वार्षिक बजेट बिनियोजन गरेको मालीकाले साउन देखि पुष महिनासम्म पाँच करोड ८७ लाख ७० हजार ५९८ रुपैयाँ खर्च गरेको हो । लेखापाल बिष्णुप्रसाद पौडेलका अनुसार हालसम्म १९ करोढ १ लाख ६९ हजार रुपैयाँ बजेट निकासा प्राप्त भएको छ ।

उहाँका अनुसार गाउँपालिका अन्तरगतका शिक्षा, स्वास्थ्य, पशु सेवा र कृषि शाखाका कर्मचारी, शिक्षकको तलबभत्ता र ति शाखा मार्फत हुने कामका लागि शशर्त अनुदान शिर्षकमा नौ करोड ३६ लाख ८९ हजार रुपैयाँ बिनियोजन भएकोमा तिन करोड १८ लाख ९९ हजार ७०९ रुपैयाँ खर्च भएको छ । malika gaupalikaगाउँपालिकाले सञ्चालन गर्ने भौतिक पूर्वाधार सम्बन्धि योजनाहरुका लागि समानीकरण पुँजीगत शिर्षकमा दश करोड ५४ लाख ५२ हजार रुपैयँ बिनियोजन भएकोमा ६४ लाख ८४ हजार ९११ रुपैयाँ खर्च भएको छ । समानीकरण चालु अनुदान शिर्षकमा पाँच करोढ ३७ लाख बिनियोजन भएकोमा ४९ लाख, २६ हजार पाँच रुपैयाँ खर्च भएको छ ।
गाउँपालिका अन्तरगतको वास परियोजनाको पुजीगततर्फ दुई करोढ ५८ लाख तिस हजार बिनियोजन भएकोमा एक करोड ३६ लाख ९६ हजार ५२३ रुपैयाँ र चालु तर्फ सत्तरी लाख ९७ हजार बिनियोजन भएकोमा सत्र लाख ६३ हजार ४५० रुपैयाँ खर्च भएको छ ।

मालीकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले धेरै बजेट बिनियोजन भएका पूर्वाधार र सामाजिक विकास तर्फका योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।
बैशाख महिना भित्रनै पूर्वाधार योजनाको काम सक्ने लक्ष्य सहित उपभोक्ता समिति मार्फत कार्यान्वयनलाई तिब्रता दिइएको अधिकृत सुवेदीले बताउनुभयो । मालीकाले पूर्वाधार र सामाजिक विकासतर्फ ७५ वटा योजनालाई बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले गाउँपालीका, वडा कार्यालय र जनप्रतिनिधिहरुको सहजिकरणमा उपभोक्ता समिति गठन, सर्वेक्षण र सम्झौतासंगै अनुगमन भैरहेको बताउनुभयो ।

पूर्वाधार योजनाहरुलाई व्यवस्थित, गुणस्तरीय, बिवादरहित, दिगो, प्रभावकारी र जनसहभागीतामुलक बनाउन प्राथमिकता दिएको अध्यक्ष रोकाले बताउनुभयो । “उपभोक्ताहरुलाई सहिजकरण, छिटो काम गर्न ताकेता र स्थलगत अनुगमन भैरहेको छ” अध्यक्ष रोकाले भन्नुभयो ।