ताजा समाचार:
Search

भगवतीका कृषकले एउटै बोटमा फलाए साढे चौध किलोको काउली

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ माघ ।

!$=% lsnf]u|fdsf] sfpnL DofUbLsf] /3'u+uf ufpFkflnsf–@ 366sf s[ifs kbdaxfb'/ sfsL{n] af/Ldf kmnfPsf] !$=% lsnf]u|fdsf] sfpnL b]vfpFb} . t:jL/ M sdn vqL, DofUbL, /f;;

म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साविक भगवती ७ घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाउनुभएको हो । कालीले उत्पादन गरेको काउली तौलीदा उक्त तौल भएको पाइएको स्थानीय दलबहादुर कार्कीले बताउनुभयो ।

कार्कीले व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । उहाँले मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो ।
भगवतीका कृषकहरुलाई समेटेर व्यवसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोग गर्ने सोच बनाएको अध्यक्ष कटुवालले बताउनुभयो ।