ताजा समाचार:
Search

भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २३ माघ । Bhikimly Bato 2बेनी नगरपालिका ३ भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण भएको छ । भकिम्लीको ज्यामीरे टोलका बासिन्दाले सुन्तला ढुवानी गर्नका लागि पानीस्वाँरा देखि भुमेथान हुदै गाउँ जोड्ने सडक निर्माण गरेका हुन् । बेनी नगरपालीका, वडा कार्यालय र स्थानीयबासीको दुई लाख पचास हजार रुपैया लगानीमा नौ सय मिटर सडक निर्माण भएको हो ।

नगरपालीकाको एक लाख तिस हजार र स्थानीयबासीको एक लाख बिस हजार लगानीमा ज्यामीरेमा सडक पु¥याइएको हो । सडक निर्माण भएपछि ज्यामीरेका बासिन्दालाई आवत जावत, सुन्तला र तरकारी बजार पठाउन सहज भएको वडा सदस्य रत्न जिसीले बताउनुभयो ।
ज्यामीरेमा १२ घरको बसोबास छ । सो गाउँबाट वार्षिक बाह् लाख रुपैया बराबरको सुन्तला निकासी हुने गरेको छ । सो सडकको हालै बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको स्थानीय महिला अगुवा मनकुमारी विश्वकर्माले बताउनुभयो ।

सो कार्यक्रममा उपमेयर सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, वडा अध्यक्ष पदम पुन, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो । गाउँमा सडक पुगेको खुसीयालीमा स्थानीयबासीले बाजा बजाएर नाचगान गरेका थिए ।