म्याग्दी क्याम्पसमा नवराज पराजुलीको कबिता कन्सर्ट हुने

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २३ माघ । IMG_5413बेनपा ८ मा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा बिहीबार कबि नवराज पराजुलीको कबिता कन्सर्ट हुने भएको छ । क्याम्पसमा मंगलबार पत्रकार भेटघाट गरेर कन्र्सट आयोजना गरिएको जानकारी दिइयो । कन्र्सटमा कबि पराजुलीले बाजा सहित लयवद्ध रुपमा कबिता बाचन गर्नुहुने सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कन्र्सट सञ्चालनका लागि पचास हजार रुपैया खर्च हुने भएको छ । यसैगरी म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिबिहीन बिद्यार्थीमैत्री पुस्तकालय स्थापना गर्न म्याग्दी विकास मञ्चले पचास हजार रुपैया सहयोग गर्ने भएको छ ।

मञ्चका अध्यक्ष प्रकाश पुन र महासचिव दिनेशनारायण श्रेष्ठले क्याम्पसमा आयोजित कार्यक्रममा उक्त सहयोगको घोषणा गर्नुभएको हो । क्याम्पसमा धनमाया बिक र गोपाल खत्री दुई जना दृष्टि बिहीन विद्यार्थी अध्ययनरत छन् ।

उनिहरु लगायत दृष्टिबिहीन विद्यार्थीको उच्च शिक्षामा सहज पहुँच स्थापित गराउन दृष्टिबिहीन विद्यार्थीमैत्री पुस्तकालय सञ्चालनका लागि पाँच लाख रुपैया आवश्यक पर्ने स्ववीयु सभापती सावीत्री खत्रीले बताउनुभयो ।