अन्नपूर्ण गाउँपालिकाले कृषि र पशु विकासमा बजेट थप ग¥यो

सन्तोष गौतम/विकल्प न्यूज
ठूलोबगर २२ माघ । IMG_5370म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि र पशु विकासको क्षेत्रमा बजेट थप गरेको छ । ठुलोबगरमा सोमबार भएको गाउँसभा बैठकले यसअघि बिनियोजित बजेट संसोधन गर्दै कृषि र पशु विकासका लागि बजेट थप गर्ने निर्णय गरेको हो । गत असारमा भएको पहिलो गाउँसभाले कृषि र पशु विकासका लागि पन्ध्रपन्ध्र लाख रुपैया बजेट बिनियोजन गरेको थियो ।

बजेट संसोधन गरेर कृषिमा चालीस लाख र पशुमा तिस लाख रुपैया बिनियोजन गरिएको गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । कृषकहरु बिउबिजन र औषधी उपचार सम्बन्धि सेवा सुबिधाबाट समेत बञ्चित हुने अवस्था आएकाले निराश बनेका थिए ।
कृषि र पशु सेवा शाखाले गाउँपालीकाका ८ वटै वडालाई समेटेर तयार पारेको प्रस्ताव स्विकृत गर्दै अन्य शिर्षकको बजेट कटौती गरेर उपलब्ध गराइएको अध्यक्ष पुनले बताउनुभयो । गाउँपालीकाले तरकारी, आलु, सुन्तला खेती, भेडा, बाख्रा र चौरीपालनका साथै ब्यवसायीक चिज उत्पादनलाई प्रोत्साहन पुग्ने योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएको अध्यक्ष पुनले बताउनुभयो ।IMG_5361यस अघि बिनियोजन भएको मध्य खानेपानी तथा सरसफाई र वनको दशदश लाख, संस्कृती, पर्यटन तथा नागरीक उड्यन र खेलकुदको पाँचपाँच लाख कटौटी भएको छ । गाउँपालीकाले ८ वटै वडामा पाँचपाँच लाखका दरले बजेट थप गरेको छ ।

सभामा गाउँपालीकाका उपाध्यक्ष केशमाया मगरले गाउँपालीका र वडाले संसोधन तथा रकमान्तर गरेका योजना तथा कार्यक्रम र बजेट विवरणको बारेमा जानकारी गराउनुभएको थियो । उपाध्यक्ष मगरले कार्यपालीका बैठकले पारीत गरेको जनप्रतिनिधिको बैठक भत्ता यातायात र सञ्चार सुबिधा तथा कर्मचारीको भ्रमण भत्ता सम्बन्धि प्रस्ताव गाउँसभामा अनुमोदनका लागि प्रस्ताव गर्नुभएको थियो ।

गाउँपालीकाका अध्यक्ष पुनको अध्यक्षता र ६ नम्बर वडाका अध्यक्ष तथा कार्यपालीकाका प्रवत्ता कृष्णप्रसाद बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा २ नम्बर वडाका सदस्य वुद्धी पुनले स्वागत गर्नुभएको थियो । गाउँसभामा मन्तब्य व्यक्त गर्दै नेकपा एमालेका खड्ग गिरीले स्थानीय तहलाई बलीयो बनाउन आर्थिक स्रोतको पहिचान, व्यवस्थापन र परिचालनमा प्राथमिकता दिन सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सदस्य बेलबहादुर पुर्जाले प्रभावकारी सेवा प्रवाह, व्यवस्थित र दिगो विकासमा जोड दिदै विकासको काममा सबै पक्षसंग समझदारी कायम गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्रका पूर्णबहादुर पाईजाले झण्डा र दण्डाको आडमा टुक्रे नभई समुदायको आवश्यकतालाई हेरेर बृहत किसीमका योजना सञ्चालन गर्न सुझाव दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले सिमित जनशक्ति र स्रोत साधनको बिच सहज र सरल रुपमा सेवा प्रवाह गर्ने प्रयास गरेको बताउँदै बजेट बिनियोजन भएका योजनाको कार्यान्वयनमा जोड दिनुभयो ।