ताजा समाचार:
Search

सिंगा स्वास्थ्य चौकीको व्यवस्थापन समिति पुर्नगठन

विकल्प न्यूज/बेनी
माघ २१ गते 27544734_1422679424509032_5048695319146861172_nबेनी नगरपालीका ४ तातोपानीमा रहेको सिंगा स्वास्थ्य चौकीको व्यवस्थापन समितिको आईतबार पुर्नगठन भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएसंगै वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा व्यवस्थापन समिति पुर्नगठन भएको हो । समितिको उपाध्यक्षमा कृष्ण खड्का, सदस्यमा सुरत बानिया, टेकबहादुर फगामी रहनुभएको छ ।

बेनपाका मेयर हरिकुमार श्रेष्ठ संरक्षण, स्वास्थ्य चौकी प्रमुख मनिषा पौडेल सदस्य सचिव रहनुभएको समितिमा एक जना वडा कार्यालयका प्रतिनिधि र मेयरले मनोनित गर्ने एक जना महिला सदस्य रहने व्यवस्था छ । समितिका निवर्तमान अध्यक्ष बिरेन्द्रमान शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।