घोस्केखोर लघुजलविद्युतलाई सहयोग गर्न महाबिरको अपिल

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ माघ ।Ghostekhor Ko Parichan Safal 4म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा निर्माणाधिन घोस्केखोर लघुजलविद्युत परियोजना सम्पन्न गर्न सामाजिक अभियान्त महाबिर पुनको पहलमा करिब डेढ करोड रुपैयाँ जुटाइएको छ । शिखका पर्यटकीय स्थल खोप्रा, बयली र ढाँडखर्कमा विद्युत आपुर्ती गरी त्यहाँका सामुदायीक लजलाई घुँवामुक्त बनाउने उद्देश्यले निर्माण हुन लागेको ५० किलोवाट क्षमत्ताको परियोजनाका लागि हालसम्म एक करोड ३४ लाख रुपैया जुटाएको पुनले बताउनुभयो ।
एशियाली विकास बैङ्कले ७५ लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट १२ लाख, जिल्ला समन्वय समितिबाट दश लाख अनुदान प्राप्त भएको पुनले बताउनुभयो । स्थानीय स्तरमा बिस लाख सहयोग जुटाइएको र एनएमबि बैङ्कबाट बिस लाख रुपैया ऋण लिइएको छ ।

थप पचास लाख रुपैया बजेट आवश्यक पर्ने भएकाले सहयोगका लागि पुनले अपिल गर्नुभएको छ । सामुदायीक लजलाई वातावरणमैत्री बनाएर जलवायु परिवर्तनको असर न्युनीकरण गर्ने परियोजनाको उद्देश्य रहेको पुनले बताउनुभयो । परियोजना निर्माण कार्य असी प्रतिशत पुरा भएको छ । गत हप्ता जेनेरेटर र टवाईनको परिक्षण सफल भएको थियो ।
नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाका अगुवा लोकबहादुर पाईजाले बताउनुभयो । ढाँडखर्क, बयली र खोप्राको सामुदायीक लजमा विद्युत आपुर्तीका लागि महाबिर पुन र शिखका बागबिर पाईजाको पहलमा चार वर्ष अघिदेखि परियोजना निर्माण सुरु भएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तरगत फलाते हुदै ढाँडखर्क, बयली र खोप्राको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै जान थालेको छ । पर्यटकको सुबिधा र गाउँका सामुदायीक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सामुदायीक लज सञ्चालन गरिएको हो । विद्युत अभावमा पर्यटकलाई अपेक्षाकृत सुबिधा उपलब्ध गराउन कठिन भएको थियो ।

मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रिय प्रशारण लाईनको सम्भावना नभएपछि लघुजलविद्युत परियोजना मार्फत विद्युत सुबिधा पु¥याउन लागिएको हो । विद्युतसंगै ईन्टरनेट, मोवाईल लगायत सञ्चार सुबिधा सहज हुने पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।