पुर्व विद्यार्थीले बरंजाका सामुदायिक विद्यालयलाई डस्टबिन वितरण गरे

सन्तोष गौतम/विकल्प न्यूज
बरंजा १९ माघ । IMG_5250

म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा रहेका सामुदायिक विद्यालयमा शुक्रबार फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी क्लब र बरंजा छात्रावृत्ती अक्षयकोषले महेत्द्ररत्न मावि, महेन्द्ररत्न आधारभुत, जनप्रिय आधारभुत १–८ र जनप्रिय आधारभुत १–५ तहलाई १३ वटा डस्टबिन वितरण गरेका हुन् ।
विभिन्न दाताहरुबाट डस्टबिन जुटाएर विद्यालयहरुलाई उपलब्ध गराइएको भुतपुर्व विद्यार्थी क्लबले जनाएको छ । सोही अवसरमा महेन्द्ररत्न माविको कक्षा ९ र १० का विद्यार्थीहरुलाई पूर्व शिक्षक कृष्ण जिसीले एसईई पछि कुन विषय अध्ययन गर्ने भन्ने विषयमा अभिमुखीकरण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले पुर्व विद्यार्थीहरुले आफूले पढेको विद्यालयको शैक्षिक विकासका लागि गरेको पहल पंशसनीय भएको बताउनुभयो । पुर्व विद्यार्थीहरुले महेन्द्ररत्न माविमा चार लाख रुपैयाको अक्षयकोष समेत स्थापना गरेका छन् ।

पूर्व विद्यार्थी पूर्णबहादुर रोकाको अध्यक्षता, लोकेश पुनमगरको सञ्चालन र केपी सापकोटाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रअ कृष्णलाल सापकोटा, म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्य, कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र गुरुङले मन्तब्य व्यक्त गर्नुभएको थियो ।