ताजा समाचार:
Search

मुनादेखि मुदीलाई जोड्ने सडक निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ जेठ । Muna Mudi Road (2)धौलागिरी गाउँपालिका ४ मा पर्ने म्याग्दीको बिकट र दुर्गम मुदी गाउँलाई जोड्ने सडकको ट्याक निर्माणको काम सुरु भएको छ । मुदीलाई सडक सञ्जालसंग जोड्नका लागि धौलागिरी गाउँपालिकाले मुना–दर–मुदी सडक आयोजना निर्माण सुरु गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालीकाले बिनियोजन गरेको ९० लाख रुपैयाँ बजेटबाट ट्याक खन्ने काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष बिजय मगरले जानकारी दिनुभयो ।

गत वर्ष दर देखि धितछहरा हुदै सिम्वाङसम्म पुगेको सडक विस्तार गरेर मुदीतर्फ ट्याक खन्ने काम सुरु गरिएको हो । अक्करे भिरमा ट्याक खन्नुपर्ने भएकाले मुना मुदी पैदलमार्ग अवरुद्ध बनेको छ । मुदीका बासिन्दालाई ताकम, दरवाङ आवत जावतका लागि खाम्ला, खारा हुदै हिलापोखरीको पैदलमार्ग प्रयोग गर्न अध्यक्ष मगरले आग्रह गर्नुभयो ।

मुना देखि मुदी सम्म जोड्न पाँच किलोमिटर ५०० मिटर सडकको ट्याक निर्माण गर्नुपर्ने देखिएको छ । गत वर्ष जिल्ला समन्वय समितिको विभिन्न तिन वटा शिर्षकमा ८२ लाख रुपैया अनुदानमा मुनादेखि दर, धितछहरा हुदै सिम्बाङ सम्म सडक पुराइएएको थियो ।

कडा चट्टानी पहाडमा सडक निर्माण गर्नु परेकाले धेरै खर्च हुने अध्यक्ष मगरले बताउनुभयो । सो सडक निर्माण भएमा मुदी, खिवाङ, नेरवाङ, बगर, नाउरा, चेचुङ लगायत बस्तीका करिब एक हजार घरधुरी लाभान्वीत हुने जनाएको छ ।

स्थानीय बासिन्दा, धौलागिरी आरोहण र पदयात्रामा जाने पर्यटकलाई आवत जावतका साथै सामान ढुवानी र त्यहाँ उत्पादीक कृषि उपज, जडिवुटी निकासी गर्न सहज हुने अपेक्षा गरीएको उपभोक्ता समितिका दलमान पुनले बताउनुभयो ।