ताजा समाचार:
Search

कला संस्कृति संरक्षणमा चुनौती

लोकेश पुनमगर/विकल्प न्यूज

माघ ९ गते ।
lokesh pun

विश्व आधुनिकता तिर लम्कीरहेको छ । अहिलेको युग आधुनिक युग हो । संञ्चार र प्रविधिको तिव्रतर विकास सँगै विश्व आज एउटै घर बन्न पुगेको छ । आधुनिक संस्कृति र संस्कारले हाम्रो समाजलाई चारैतिरबाट घेरिरहेको छ । हामीले आधुनिकतालाई आत्मसाथ गर्दै गर्दा हाम्रो पहिचानलाई पनि भुल्दै जानथालेका छौं । मुल कुरा हाम्रो पहिचानलाई संरक्षण गर्नु हो । वर्षौ देखिको हाम्रो भाषा,संस्कृति,कला र मौलिकतालाई जोगाउँन चुनौती थपिएको छ । म्याग्दी मगर समुदायको वाहुल्यता भएको जिल्ला हो । म्याग्दी मगर संस्कृतिमा धनी छ । मगर समुदायको कला संस्कृति र परम्परालाई जोगाइ राख्नका लागि यतिखेर हाम्रासामु चुनौती थपिएको छ । हाम्रो समाजलाई आधुनिक संस्कृतिले झेलीरहेको अवस्थामा नयाँ पुस्तामा संस्कृति हस्तान्तरण चुनौति छ । magar3मगर समुदायमा सोरठी भाका निकै चर्चित छ । यसमा सामुयिक रुपमा गाउँने र नाच्ने गरिन्छ । सोरठी भाकामा नाच्नको लागि पूरुषहरुको मात्र आबश्यकता पर्दछ । यस नाचमा केटीहरुको आश्यकता पर्दैन । मगर संस्कृति अनुसार दुई देखि चार जनासम्म (ठाउँ अनुसार) केटा मानिसलाई केटीको पहिरन जस्तै चोली गुन्यू पटुका घल्याक पछ्यौरा माला, हातमा चाँदीका बाला लगाइदिइ मारुनी बनाइन्छ । नाचगानको अबधीभर उसलाई मारुनी भनेर बोलाइन्छ । सोरठी भाकालाई युवा पुस्तामा हस्तान्तरण गर्ने वातावरण मिलाउनका लागि पनि मेला पर्वहरुले सहयोग पु¥याएको देखिन्छ । हामीले गत वर्ष बेनीमा माघेसङ्क्रान्तिको अवसर पारेर सांस्कृति कार्यक्रम आयोजना गरेका थियौं । जिल्लाभरबाट कार्यक्रममा युवा पुस्ताको राम्रो सहभागिताले हामीलाई आशा जगाएको छ । magar 9सोरठी नाचको अबधिभर मरुनीको विशेष भूभिका रहन्छ भने मरुनी संग मादले पनि गाउँदै मादल बजाउँदै नाच्ने भएकोले सोरठी नाचलाई मादले मारुनी नाच पनि भनिन्छ । पुर्खाले सुरु गेरको र पुर्खाबाट नै हस्तान्त्रण हुँदै आएको र मगर समुदायमा जन्म छैटी, न्वारण, छेवार पास, विवाह देखि मृत्युृसम्म यो गीत विशेष प्रकारले नाच्ने र गाउने भएकाले यसलाई मगर समुदायमा पुख्यौली नाच भनेर पनि चिन्ने गरिन्छ । यो नाच छन्त्याल, गरुङ र थारु समुदायमा पनि नाच्ने र गाउँने गरेको पाइन्छ । यो नाच नेपालको पश्चिमी भाग विशेष गरेर राप्ती, धवलागिरी र गण्डकी अञ्चलमा नाच्ने र गाँउने गरेको पाइन्छ । भौगोलिकताको हिसाबले विभन्न ठाँउमा सोरठीलाई स्थानीय बोलीचाली अनुसार बिभिन्न रुपमा नामाकरण गरेको पाइन्छ ।magar 8जस्तै ख्याली नाच, नचरी, नाचन्य, कराङ नाच, पाङ्दुरे नाच आदिबाट चिनिन्छ । मगर भाषामा पाङडुर भनेको कोदो हो । पाल्पा र तनहुँ तिर कोदो पाक्ने बेलामा विशेष गरेर यो नाच नचाउने गरिन्छ त्यसैले त्यस ठाउका बासिन्दाले सोरठी नाचलाई पाङडुरे नाच पनि भन्ने गरेको पाइन्छ । विभिन्न ठाँउमा विभिन्न नामले चिनिए पनि सबै ठाँउमा यो गीतको ताल, सुर, लय, अभिनय र कथा बस्तुमा फरक भएको पाइँदैन । सोरठी नाचको आफ्नै प्रकारको छुट्टै खालको बिशेषता रहेको छ ।

मगर भाषाको शब्द श्राङ्दीबाट सोरठी भएको हो भन्ने गरिन्छ । सोरठीको १६ ताल र १६ हाँगा भएकोले यसलाई सोरठी भनिएको हो । तर कतै जन्म खण्डको बालक जन्मदाको गीतलाई नै सोरठीको सोह्र हाँगा भनेर उल्लेख गरेको पाइन्छ । बालक जन्मदा गाउँने गीतको पनि १६ हाँगा हुन्छ । यस खण्डमा रानी गर्भवती भए देखि बच्चा नजन्मेसम्म १६ हाँगा हुन्छ । यसैलाईमात्र सोरठी भन्न मिल्दैन । सोरठीमा विभिन्न खण्ड हुन्छ यी खण्डहरुलाई नै सोरठीको हाँगा भन्ने गरिन्छ । सोरठी प्रत्येक खण्डमा अनगिन्ती ताल, सुर, लय, अभिनय र कथा बस्तुमा फरक हुने भएकोले यसलाई सोरठी भनिएको हो । magar 6मगर समुदायले मनाउने चाडपर्व, मेलापाता, छेवार, विबाह र किरीया, नयाँ घर बनाउँदा, छोरो जन्मदा जस्ता शुभ वा अशुभ कार्यमा रात भरि नै यो गीत गाउने र नाच्ने गरिन्छ । सोरठीमा दःख, सुख साथै माया पिरतीका विषय वस्तु अनुसार गाइने र नाच्ने गरिन्छ । विशेषत सोरठी भाकामा पुरुषले महिलाको पहिरनमा मारुनी बनेर नृत्य गर्दाको दृश्य निकै रमाईलो हुन्छ । सोरठी नाच्नको लागि एक जना भन्दा बढी आबश्यकता अनुसार मारुनीको साथै मादलेको आश्यकता पर्दछ ।

सवै भन्दा पहिले यो नाचमा देबिदेवताको नाम लिने गरिन्छ । यसरी देविदेवताको नाम लिने चलनलाई देवि बाध्ने वा बन्धन भन्ने भनिन्छ। देवि बान्दा देवि देवता, संगी साथी, बाध्य सामाग्रीलाई बाचामा वाध्ने गरिन्छ । बन्धन दिदा नाच्ने गरीदैन खाली देविदेवताको नाम लयबद्ध स्वरमा सवैले गाउने गरिन्छ। बन्धन वाधी सकेपछि मादल बजाएर ठोकन राख्ने गरिन्छ । यसलाई सरस्वती उतार्ने वा हाई हाल्ने पनि भन्ने गरिन्छ किन भने सवै जनाले एकै स्वरमा मादलको ताल नसकिदासम्म हा….. हा………. गरेर गाइरहनु पर्दछ ।IMG_4268लामा धामी र चोखो शरिर हुनेहरु यति बेला काम्ने गर्दछन । काम्ने मानिसहरुलाई मादलको ३ ताल, ९ ताल वा २२ तालसम्ममा छोड्ने गर्दछन् । त्यस पछि विषय वस्तु अनुसारको रौरा (्रौरा भनेको गीत निकाल्ने मुख्य मानिस हो जो मादले आफै पनि हुन सक्छ) वा मादलेले मादलको तालसंगै गीतको टुक्का निकाले पछि अन्यले स्वर मिलाएर साथ दिने गर्दछन् स्वरमा स्वर मिलाएर गाउनको लागि गला र कला भएको आठ दसजना महिला पुरुषको. अवश्यकता पर्दछ । विभिन्न चरणमा गरेर एक वटा सोरठी सकिनको लागि करिव एक घण्टा भन्दा वढी समय लाग्ने गर्दछ ।

बास्तवमा भन्ने हो भने सोरठी हाम्रो समाजको यर्थाथ झल्काउने भाका हो । मगर समुदायमा जन्म देखि मृत्यृुसम्मका संस्कारहरुमा सोरठी गाउँने र नाच्ने चलन छ । सोरठी गाँउने र नाच्ने चलन कस्ले र कहिले देखि चलाएका हुन भन्ने कुरा अलिखित इतिहासको कारण भन्न सकिने अवस्था छैन । दर सन्तानमा हस्तान्तरण हँुदै आइरहेको यो हाम्रो संस्कार पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा आज एउटा गम्भीर चासो र चिन्ताको विषय बन्न पुगेको छ। आधुनिक पाश्चात्य संस्कृतिप्रति आजका युवाहरु आकर्षीत हुन थालेपछि मगर समुदायको मौलिक संस्कार वुढापाकामात्र सिमित वन्न पुगेको छ । सोरठी गीत र नाच मगर समुदायमा छ्याप्छ्प्ती देख्न पाइथ्यो उबेला तर आजभोली यो गीत र नाच देख्न र हेर्न विरलै पाइन्छ ।

हाम्रो संकृति रहे मात्र हामी रहनुको अस्तित्व रहन्छ । जसले हामीलाई इज्जत, प्रतिष्ठा र सम्मान दिएकोछ । यो कुरा कसैले पनि विर्षनु हँुदैन यदि विर्षीन्छ भने आफ्नो जातिको लागि त्यो भन्दा ठूलो भुल वा बेइमानी अरु के हुन सक्छ ? DSC_0060कुनै समय निकै लोकप्रिय र चर्चित सोरठी नृत्य लोप हुने अवस्थामा पुगेको कुरा नयाँ पुस्तालाई यसवारेमा जानकारी नै छैन । समय अनुसार गाइने सोरठी गीतको आफ्नै विशेषता छ । यो गीतको ठाउँमा आधुनीक गीतहरुले ठाउँ लिन थाले पछि, परम्परगत मौलीक साँस्कृतिक पहिचान बोकेका गीतहरु युवा पिँढीले. विर्षदै जान थाले पछि, बुढापाकाहरुको उमेर संगै यी गीतहरु ओझेलमा पर्न थालेकाछन् । पछिल्लो पुस्तासम्म आई पुग्दा सोरठी नाच संरक्षणको पर्खाई रहेको हामीलाई भान हुन्छ । DSC_0009यसको संरक्षण गर्नु मगर समुदायाको कतब्य हुन आउछ भने समाजको अन्य जातजातिको पनि यसमा भूमिका हुन पर्दछ । समाजमा हाम्रा कला र सस्कृति जवसम्म जिवित रहन्छ तव माात्र हामी र हाम्रो समाजको अस्तित्व रहिरहने छ । त्यसैले हाम्रो कला संस्कृति हाम्रो पहिचान हो । यो पहिचानलाई गुम्न दिनुहुँदैन यसलाई जोगाउँने ठूलो जिम्मेवारी युवापुस्ताको काँधमा आएको छ । संसोधित लेख २०७४/१० ६ गते । लेखकद्धारा व्यक्त गरिएका विचारहरुका आधारमा तयार पारिएको