अन्नपूर्ण गाउँपालिकाले छ महिनामा २६ प्रतिशत बजेट खर्च ग¥यो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ माघ ।

Annapurna Gaupalika Ko Officeम्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४७५ को छ महिनाको अवधिमा २६ प्रतिशत बजेट खर्च गरेको छ ।

वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान गरी २२ करोड २६ लाख ८७ हजार रुपैया बजेट बिनियोजन गरेको गाउँपालीकाले २०७४ साउन देखि पुष मसान्तसम्म पाँच करोड ८८ लाख ४१ हजार २८५ रुपैया खर्च गरेको हो ।

हालसम्म १४ करोड ८४ लाख ५६ हजार रुपैया निकासा प्राप्त भएकोमा आठ करोड ९६ लाख छ हजार ७१४ रुपैया खर्च हुन बाँकी रहेको गाउँपालीकाका लेखापाल ईन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वित्तिय समानीकरण अनुदान अन्तरगत हालसम्म एक करोड आठ लाख नौ हजार ९२८ रुपैया खर्च भएको छ । चालुतर्फ ६५ लाख ६० हजार ७४५ र भौतिक पूर्वाधार योजनाका लागि बिनियोजित मध्य ४३ लाख तिस हजार १८३ रुपैया खर्च भएको गाउँपालीकाले जनाएको छ ।

शिक्षा, स्वास्थ्य, पशु, कृषि विकास लगायत विषयगत कार्यालयका कर्मचारीको तलबभत्ता र ति कार्यालय मार्फत सञ्चालन हुने कार्यक्रमका लागि शसर्त अनुदानबाट बिनियोजन भएको आठ करोड २१ लाख ९३ हजार रुपैया मध्य चार करोड ७९ लाख ५८ हजार ८३५ रुपैया खर्च भएको छ ।

यसैगरी छ महिनाको अवधिमा मालपोत, पंजिकरण, शिफारीस, भाडा, पशुचौपाया, ढुङ्गा गिट्टी, तातोपानी कुण्ड व्यवस्थापन, मनोरञ्जन र शिलबन्दी दस्तुर वापत ३३ लाख १३ हजार १६५ रुपैया आन्तरीक आय भएको लेखापाल केसीले जानकारी दिनुभयो । आर्थिक वर्षको पहिलो छ महिनामा विकास बजेट परिचालनमा गाउँपालीका कमजोर देखिएको छ ।

अन्नपूर्णका गाउँ कार्यपालीकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले बर्खा, खेतीबाली भित्र्याउने, चुनाव, कर्मचारी अभावका कारणले हालसम्म पूर्बाधार विकासका कामले गति लिन नसकेको स्वीकार गर्दै अहिले योजनाको सर्वेक्षण, सम्झौता र कार्यान्वयनमा तिब्रता दिइएको बताउनुभयो ।

चैत महिना भित्रनै पूर्वाधार योजनाहरु सम्पन्न गर्ने लक्ष्यका साथ काममा तिब्रता दिइएकाले पहिलो चौमासीकको तुलनामा दोस्रो र तेस्रो चौमासीकमा बजेट परिचालन बढी हुने प्रवत्ता बरुवालले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले प्राबिधिक जनशक्तिको कमीका कारण योजना कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताउनुभयो । एक जना मात्र प्राबिधिक रहेका छन् । एक जना सब ईञ्जिनियर र एक जना कप्युटर अधिकृत भर्ना गर्न लागीएको उहाँले बताउनुभयो ।