सम्भावना र चुनौतीको वीचमा वाम एकता

वि.वि. श्रेष्ठ/विकल्प न्यूज
माघ ७ गते । C 15129 Raj kumar copy
कम्युनिष्टको कुनै जात हुदैन भन्ने सर्वमान्य सिद्धान्तलाई धुमिल गर्दे स्थापना भएको कम्युनिष्ट पार्टीहरु यहि असोज १७ गते भएको वाम एकताले चिरेको छ । शक्ति र सत्तालाई नै देश विकास र समृद्धि सोच्ने नेताहरुको ढिलै भएता पनि देश र जनताका लागि राजनिति गर्ने सोच का साथ गरिएको वाम एकताको सन्देशले देश विकासमा अव केहि परिवर्तन हुन्छ कि भन्ने आभास नेपाली जनतालाई भएको छ ।

२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीको स्थापना पाश्चात विगतमा खेलेको भुमिका र आन्दोलनले समग्रतामा कम्युनिष्ट पार्टीको मुल मर्म भनेको वर्गिय उत्थान नै हो भन्ने कुरालाई पुष्टि गरेता पनि त्यसपछिका लामो समय फगत सत्ता, शक्ति र स्वार्थतामा रमेपनि हालै भएको वाम एकताले पुन देशमा परिवर्तन, समानता, न्याय, विकास र वर्गिय उत्थानको मुद्धाले स्थान पाउने आशा आम नेपाली जनतामा पलाएको छ ।

मिल्नै नसक्ने गरि आरोप प्रत्यारोप गर्ने नेपालका प्रमुख कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओावादी केन्द्र मात्र नभई माओवादी केन्द्रसँग असन्तुष्टि जाहेर गरि नयाँ शक्ति निर्माण गरेको वावुराम भट्टराईको पार्टीको वाम एकताले साच्चै नेपाली जनतालाई आशाको संचार गराएको त छ नै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा समेत यसले सकारात्मक प्रभाव छरेको छ । नेपाल र नेपालीको एकतालाई थप मजवुत वनाएको छ ।  bam 00सम्पुर्ण नेपालीहरु विजया दशमीको खुशीयालीमा रमिरहेको अवस्थामा भएको वाम एकताले सम्पुर्ण क्षेत्रलाई अचम्मित वनाएको छ । के यो सम्भव छ र भन्ने सोचमा रहेको जनतामा राजनितिमा हरेक कुरा सम्भव हुन्छ भन्ने कुरालाई कहिल्यै पनि नमेटिने गरि प्रमाणित गरिएको छ । विपरित धुव्र झै लाग्ने गरि र हरेक कार्यक्रममा आरोप प्रत्यारोपमा मात्र समय खर्चिने नेकपा एमालेका अध्यक्ष र नेकपा माओवादीका अध्यक्ष प्रचण्डको यो मिलनलाई धेरैले अस्वाभाविक मात्र होईन लामो समयका लागि यो एकता हुन सक्दैन भन्ने अड्कल काट्नेहरुको वाढी नै आएको छ । स्वतन्त्र राजनैतिक विश्लेषक समेत यो एकता क्षणिकतामा गएर विलाउनेमा विश्वस्त देखिन्छ ।

किनकि विगतको परिणामले समेत यो पुष्टि गर्दे आईरहेको सन्दर्भमा यो विश्लेषण स्वाभाविक हुन आउदछ । सम्भावना र अथक चुनौतीको विचमा रहेको यो वाम एकताले राष्ट्रिय सरकार मात्र होईन अन्र्तराष्ट्रिय समुदायको समेत ध्यान केन्द्रित गरेको छ । शक्ति, र सत्तालाई नै सर्वोपरि ठानेर गरिएको घृणित राजनिती भन्दा देश र जनताका मुक्ति, विकास र उत्थानका लागि गरिने कर्म नै लोक कल्याण हुन्छ भन्ने मानसिकतामा टेकेरे गरिएको यो एकता त्यति सहज नभएपनि देश लाई केन्द्र भागमा राखेर अगाडी वढने हो भने असम्भव भने छैन ।

राजनितिमा हरेक कुरा सम्भवानायुक्त हुदो रहेछ । के का लागि राजनिति र हिजो स्थापना कालदेखि आज सम्मका क्रियाकलापलाई सुक्ष्म तरिकाले नियाल्ने हो भने यो एकता दीर्घकालिन हुनेमा कुनै शंका छैन नत्र भने फेरि पनि सानो सानो विषय र कुर्सिलाई महत्व दिने हो भने यो क्षणिक एकता पाश्चात फुटेको कम्युनिष्ट पार्टीले देशमा थप अराजकता निम्ताउने कुरामा कुनै दुविधा छैन । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दवाव मात्र होईन, आन्तरिक पार्टी कार्यकर्ता समेतलाई चित्त वुझाउनु पर्ने वाध्यता एकातिर छ भने पार्टीको सिद्धान्त,कार्यनिति, भावना, एजेष्डा र मुल मर्मलाई समेत पुष्टि गर्नुपर्ने अवस्थालाई ध्यान दिनुपर्नेछ ।

फरक फरक विचारधारामा वनेको पार्टीहरुलाई समुच्चमा मिलाउनुपर्ने अवस्थाका सहज व्यवस्थापन गर्नका लागि एकमात्र अचुक उपाय वन्द सक्दछ, देश र जनताको समृद्धि । किनकी विगतमा जुन जुन पार्टीले जुन जुन विचारधारालाई आत्मासत गरेता पनि त्यसको प्रतिफल के भन्ने कुरालाई नजिकवाट विश्लेषण गर्ने हो भने परिवर्तित सन्दर्भमा नयाँ राजनैतिक कोर्स र समयले सवै पार्टीको विचारधारालाई समान वनाउने तर्फ उन्मुख वनाउन सकिन्छ । फरक यति मात्र हो कि पार्टीका नेताहरुले महान र दीर्घकालिन सोचलाई फराकिलो वनाउन सक्नुपर्दछ।

स्थानिय तहको निर्वाचनमा सवैभन्दा ठुलो पार्टी वनेको एमालेले आत्मासात गरेको भनेको माक्र्सवादले अगिंकार गरेको सिद्धान्त हो, त्यसैको जगमा वनेको पार्टी हो नेकपा एमालेले माक्र्सले प्रतिपादन गरेको विचारलाई वोकेर यहाँसम्म आईपुगेको पार्टी एमाले र त्यसको छाँया सम्म पनि नपरेको चीनका नेता माओत्सेतुङ्कको विचारधारावाट यहाँसम्मको आईपुगेको माओवादी केन्द्र कुनै पनि दृष्टिकोणवाट समान पाईदैन । तर जति नै फरक भएता पनि माक्र्स, लेनिन होस वा माओत्सेतुङ्क दुवैको पुष्टभुमि भनेको सर्वहारा वर्गको उत्थान हो । bam goshanaजसको मुल ध्येय नै सर्वहार वर्गको उत्थान गरेर समाजवादको स्थापना गर्नु नै हो । त्यहि साझा अवधारणालाई मुल मन्त्र ठानेर अगाडी वढने हो भने एकता असम्भव छैन । ठुला ठुला विचारधारालाई आत्मासात गर्ने तर व्यावहारिक कार्यन्वयन नगर्ने हो भने त्यो दस्तावेज जति उत्तम भएता पनि उपलव्धिमुलक हुन सक्दैन ।

निश्चित समयमा निश्चित राजनैतिक आवश्यकताको वोध भएता पनि वदलिएको सन्दर्भमा समान दस्तावेज वनाएर देश र जनतालाई केन्द्रभागमा राखेर अगाडी वढ्न गाह्रो छैन । जुन पार्टी जुन विचारधारवाट प्रभावित भएर अगाडी वढेता पनि जनताको समृद्धि र उन्मुक्तिमा कुनै पनि कम्युनिष्ट पार्टीको विचार फरक छैन ।

एमालेले माक्र्सवाद र लेनिनवादलाई मुख्य आधार वनाएर नेपालको अवस्थालाई मनन गरेर जननेता मदन भण्डारीले जनताको वहुदलयी जनवाद, जवज लाई अगिंकार गरेता पनि र माओवादीले माओत्सेतुङ्कको विचारले आत्मासात गरेता पनि त्यो आधारलाई टेकेर जनताकोम मुक्ति, समानता, न्याय, उत्पिडीत, जनजाति र वर्गिय मुक्तिलाई नै केन्द्र भागमा अगाडी वढ्ने हो भने नेपालका सम्पुर्ण कम्युनिष्ट विचारवाट स्थापना भएको पार्टीलाई एक हुनका लागि रोक्न सक्दैन । विभिन्न समयमा अगिंकार गरेका जनयुद्ध होस वा शान्तिप्रक्रियावाट प्राप्त गरेका गणतन्त्र, संघियता, धर्मनिरपेक्षता लाई संस्थागत गर्दे वर्गिय मुक्तिका लार्गि समान महत्वका साथ दस्तावेजमा उल्लेख गरेर भोलिका मार्गचित्र कोर्न सकिनेछ ।

विगतको आन्दोलन, उपलव्धिलाई संस्थागत गर्दे, आर्थिक सम्वृद्धि तर्फ उन्मुख गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । वर्गिय मुद्धालाई अग्रभागमा राखेर समायानुसार देश र जनतामा समानता, न्याय र परिवर्तन नै अहिलेको मुख्य कार्यभार वन्नुपर्दछ । विगतका तिक्ततालाई विर्सेर जुन सुकै राजनैतिक दलले अंगिकार गरेको विचारधारालाई सम्मान गर्दे आजको आवश्यकतालाई मनन गर्दे अगाडी वढेमा हिजोको दस्तावेज र सिद्धान्त तगारो वन्ने छैन । किनकि समय र अवस्थासँग राजनैतिक दस्तावेज र कार्ययोजनाहरु परिवर्तित हुदै जानेछन ।

समयको माग सँग चल्नुपर्दछ भन्ने मान्यतालाई आत्मासात गर्न सकियो भने एकता दीर्घकालिन हुन का लागि न माक्र्सवाद, न लेनिन न माओवादले नै रोक्नेछ । सिद्धान्तका लागि जीवन होईन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ भन्ने मदन भण्डारीको भनाई सधै अजम्वर रहिरहनेछ । अतः विचारधारा होईन आवश्यकता केन्द्रित कार्ययोजना अनुरुप अगाडी वढियो भने असम्भव भन्ने केहि छैन । मात्र आवश्यकता छ ईच्छाशक्तिको, जुन ईच्छाशक्ति देश र जनताका भावना सँग जोडिएको हुनुपर्दछ ।