मंगला गाउँपालिकाद्धारा खेलाडी र कलाकारलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ७ माघ । IMG_4739 बेनीमा आईतबार सम्पन्न छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजित स्थानीय तह स्तरीय पुरुष महिला भलिबल र खुल्ला लोक दोहोरी गीत प्रतियोगिताको उपाधि जितेको मंगला गाउँपालिकाले खेलाडी र कलाकारहरुलाई सम्मान गरेको छ ।

बेनीमा एक कार्यक्रमको आयोजना गरेर महिला र पुरुष भलिबल टिम तथा गाउँपालिकाको तर्फबाट लोक दोहोरी प्रतियोगितामा सहभागीता जनाएका कलाकारहरुलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, वडा अध्यक्षहरु धनबहादुर खाती, कविन्द्र रोका, भुपेन्द्र केसीले अविर र खादा लगाएर सम्मान गर्नुभएको थियो ।
यसैगरी कलाकारहरु राजेन्द्र सापकोटा, अमित विश्वकर्मा, शुशिला बिक र ध्रुब जिसीलाई पनी सम्मान गरिएको थियो । पुरुष भलिबलमा राजु शेरचन र महिला भलिबलमा रेवीना घर्तीको कप्तानीमा मंगलाका खेलाडीहरु प्रतियोगितामा सहभागी भएका थिए । लोक दोहोरीमा दिला विश्वकर्माको नेतृत्वमा सहभागी भएका थिए ।IMG_4733अध्यक्ष रोकाले खेलकुद र कलाको क्षेत्रबाट मंगलालाई चिनाउन योगदान गर्ने खेलाडी र कलाकारहरुको प्रशंसा गर्दा खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि गाउँपालिकाले लगानी बढाउने बताउनुभयो ।

खेल प्रशिक्षण, तालीम र विभिन्न प्रतियोगिताहरुमा सहभागीताको अवसर दिने तथा प्रत्येक वडामा खेलमैदान निर्माण गर्ने अध्यक्ष रोकाले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सिर्जना केसीले मंगलालाई सबै क्षेत्रबाट नमुना, संमृद्ध र विकसीत बनाउन खेलाडीहरुको योगदानले प्रोत्साहन मिलेको बताउनुभयो ।IMG_4748कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियन म्याग्दीका अध्यक्ष चन्द्रमण सापकोटा र गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष श्याम सुन्दर कँडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।