आठ करोडको कारोबार गर्दै छैठौं म्याग्दी महोत्सव समापन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ माघ। myagdi festival samapanआठ करोड रुपैयाँको कारोबार गर्दै आईतबार बेनीमा छैठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्योगीक, ब्यापारीक प्रर्दशनी आईतबार सकिएको छ ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुष २८ गतेदेखि महोत्सव सुरु भएको थियो ।

बेनीको खुल्ला मञ्चमा सञ्चालन भएको महोत्सवको डेढ लाख दर्शकले अवलोकन गरेको र आठ करोड रुपैया बराबरको कारोबार भएको संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार टिकट बिक्री, सवारी साधन, कृषि औजार, पेन्सी, स्थानीय उत्पादन, खानाका परिकार, रमाईलो मेला र कृषी उपजको स्टलमा उक्त कारोबार भएको हो ।
महोत्सवमा दुई सय वटा स्टल रहेका थिए । स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, खुल्ला लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला सञ्चालन भएको थियो । म्याग्दीका छ वटा स्थानीय तहमा उत्पादीक कृषि, वनपैदावार, लघुउद्यम र पशुजन्य बस्तुको प्रर्दशनी गरिएको थियो । IMG_4338स्थानीय उत्पादनलाई निशूल्क प्रर्दशनीको व्यवस्था गरिएको महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो । कृषकलाई ब्यवसायीक र प्रतिस्पर्धी बनाउन कृषि मेला प्रर्दशनी समेत भएको थियो । म्याग्दीका धार्मीक तथा पर्यटकीय स्थलहरुलाई समेटेर वृत्तचित्र र तस्विर प्रर्दशनी गरिएको थियो ।

पर्यटन प्रर्वद्धनका लागि जलेश्वरदेखि थकालीघरसम्म कालीगण्डकीमा ¥याफ्टीङ र बेनी देखि लभहिलसम्म घोडा सफारी सञ्चालन भयो । हेलीकप्टरबाट म्याग्दीका पर्यटकीय स्थलहरुको दृष्य अवलोकन गराइएको थियो ।

महोत्सवका मुल संयोजक समेत रहेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले कोरला नाका र कालीगण्डकी कोरीडोर सञ्चालनका लागि राजनितिक नेतृत्वबाट प्राप्त भएको प्रतिवद्धता, पर्यटन प्रर्वद्धन र स्थानीय सम्भावनाको उजागर गराउन सक्नु महोत्सवको उपलब्धी भएको बताउनुभयो ।

महोत्सवको समापन कार्यक्रममा प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले म्याग्दीलाई सम्बृद्ध र विकसीत बनाउन राज्य र निजी क्षेत्रको सहकार्य जरुरी रहेको बताउँदै जलविद्युत, पर्यटन, कृषि, वनपैदावार, उद्यमशिलताको विकासका लागि लगानी भित्र्याउन आग्रह गर्नुभयो ।
म्याग्दीका छ वटै र पर्वतको जलजला गाउँपालीकाका जनप्रतिनिधिहरुको उपस्थिती रहेको सो अवसरमा महोत्सव सञ्चालन गर्न सहयोग गर्नेहरुलाई प्रशसापत्र वितरण गरिएको थियो । अन्तिम दिन भएको लोकदोहोरी गित प्रतियोगितामा सिर्जना मम रेष्टुरेन्ट बेनीलाई पराजित गर्दै मंगला गाउँपालीका बिजयी भएको छ । बिजेताले एक लाख एक हजार १११ र दितृयलाई ५१ हजार १११ तथा सहभागी समूहलाई प्रतिदिन दुई हजारका दरले भत्ता उपलब्ध गराइएको छ ।