जलजलाका जनप्रतिनिधिलाई भुकम्प पुनर्निर्माण सम्बन्धि अभिमुखीकरण

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी ७ माघ ।

jaljala gaupalikaपर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि आईतबार मिलनचोकमा भुकम्पबाट क्षति पुगेका निजी आवास पुननिर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको भुकम्प पछिको पुननिर्माण आयोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आयोजनाका डाक्टर योगेन्द्र रिजालले भुकम्प पछिको पुननिर्माणको अवस्था, स्थानीय तहको भुमिका, प्राबिधिक सेवा र अनुदान वितरण सम्बन्धि नितीगत व्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
जलजलाको ९ वटा वडामा निजी आवास पुननिर्माणका लागि अनुदान पाउने १८७ जना मध्य १७३ जनाले आवास पुननिर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता वापत पचास हजार रुपैयाका दरले अनुदान लगिसकेका र प्राबिधिक जनशक्ति समेत गाउँपालीकामा परिचालन गरिएको रिजालले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लको अध्यक्षता र जिल्ला समन्वय समितिका सूचना अधिकृत तुलसीराम शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यपालीका सदस्य, वडा अध्यक्ष र सचिवहरुको सहभागिता रहेको थियो ।

यसैबीच आईतबार बसेको जलजला गाउँ कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजनाहरुको सर्वेक्षण, उपभोक्ता समिति गठन र निर्माण कार्यलाई तिब्रता दिने निर्णय गरेको कार्यपालीकाका प्रवक्ता रवी भण्डारीले जानकारी दिनुभयो ।