पुरुष,महिला भलिबलमा मंगला र बास्केटबलमा बेनपा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ माघ । IMG_4648 म्याग्दीको सदरमुकाम बेनीमा आईतबार स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो । पुरुष महिला भलिबलमा मंगला गाउँपालिका र बास्केटबल प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ ।

IMG_4701मंगलाले पुरुष भलिबलमा बेनी नगरपालिका र महिलामा रघुगंगा गाउँपालिकालाई पराजित गर्दै उपाधि जितेको हो । दुवै खेलमा सोझो तिनै सेट मंगलाले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

यसैगरी बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालीकालाई ९८ का विरुद्ध १०२ स्कोर गर्दै बेनी नगरपालीका बिजयी भएको हो । पाच दिनसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुष भलिबलमा १०, महिला भलिबलमा ६ र बास्केटबलमा १० वटा टिमले सहभागीता जनाएका थिए ।
पुरुष भलिबलको बिजेता र उपबिजेताले ७७ हजार ७७७, ४४ हजार ४४४ रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् । महिला भलिबलमा बिजेता र उपबिजेताले ४४ हजार ४४४ र २२ हजार २२२ तथा बास्केटबलको बिजेता, उपबिजेताले ५० हजार र ३० हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् । IMG_4628प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, खेलकुद संयोजक सुमन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र प्रायोजकहरुले बिजेता खेलाडीहरुलाई ट्रफि, मेडल, प्रमाणपत्र र नगद वितरण गर्नुभएको थियो । IMG_4621मंगलाका टिम क्याप्टेन राजु शेरचनले उत्कृष्ट खेलाडी र स्पाईकर तथा बेनपाका सुजन चोखालले उत्कृष्ट सेटर र सन्दिप रामदामले उत्कृष्ट बल्करको उपाधि प्राप्त गरेका छन् । महिला भलिबलमा मंगलाकी पवित्रा बिसीले उत्कृष्ट बल्कर र स्पाईकरको उपाधि प्राप्त गरीन भने बिना बुढाथोकीले सटर र रघुगंगाकी बिनीता पाईजा उत्कृष्ट खेलाडी बनिन् ।

पुरुष भलिबलमा मोदी र महिला भलीबलमा धौलागिरी गाउँपालीकाले अनुशाषीत टिमको पुरस्कार प्राप्त गरे । सो कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी म्याग्दीका भलिबल खेलाडीहरु मिलन मल्ल, गोविन चोचाङ्गी, राजु शेरचन, रेवीना घर्ती र पवित्रा बिसीलाई सम्मान गरिएको थियो ।