महिला भलिबलमा मंगला र रघुगंगा भिड्ने

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ६ माघ । IMG_4552छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय बास्केटबल प्रतियोगितामा बेनी नगरपालीका बिजयी भएको छ । कालीपुल खेलमैदानमा शनिबार भएको प्रतिस्पर्धामा अन्नपूर्ण गाउँपालीकालाई तिन पोईन्टले पराजित गर्दै बेनपाले बास्केटबलको उपाधि जितेको हो । बेनपाले १०१ र अन्नपूर्णले ९८ स्कोर गरेका प्रतियोगिता सञ्चालन गरेको कालीपुल युनाईटेड कल्वका अध्यक्ष बिकास पुनले बताउनुभयो ।

घरेलु मैदानमा खेल्ने अवसर पारेको बेनपाको टोलीलाई राष्ट्रिय खेलाडी सहभागी अन्नपूर्णले अन्तिमसम्म टक्कर दिएको थियो । शनिबारनै भएको सेमी फाईनलमा अन्नपूर्णले रघुगंगा गाउँपालीका ए लाख ९७ का विरुद्ध १०७ र बेनपाले चिमखोलालाई ५७ का विरुद्ध ६५ स्कोर गर्दै फाईनलमा पुगेका थिए ।

म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजना र कालीपुल युनाईटेडको संयोजनमा लिग प्रणालीमा खेलाईएको प्रतियोगितामा १० टिमले सहभागीता जनाएका थिए । पश्चिमाञ्चलबाट राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएका युवराज पुनको कप्तानीमा मैदानमा उत्रिएको उन्नपूर्णमा राष्ट्रिय खेलाडीहरु प्रदिप पुन, किरन पुन र सुमन बुद्धुजा पनि थिए ।
बेनपाले पश्चिमाञ्चलबाटै राष्ट्रिय प्रतियोगिता खेलेका किरन पुनको कप्टानीमा एएफसीका अर्का राष्ट्रिय खेलाडी रामकृष्ण गोतामेलाई मैदानमा उतारेको थियो । खेल अवलोकनका लागि अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोका प्रतियोगिता स्थल पुग्नुभएको थियो ।

बास्केटबलको बिजेता र उपबिजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र सहित ३३ हजार ३३३ र २२ हजार २२२ रुपैया प्रदान गरिने खेलकुद संयोजक सुमन श्रेष्ठले बताउनुभयो । यसैगरी महिला भलिबलको फाईनलमा रघुगंगा र मंगला गाउँपालीका भिड्ने भएका छन् ।

शनिबार भएको सेमी फाईनलमा मंगलाले धौलागिरी र रघुगंगाले अन्नपूर्णलाई सोटो तिन सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गरेका हुन् । लिग सिस्टममा खेलाइएको प्रतियोगिताको क्वाटर पाईनलमा मंगलाले रघुगंगालाई पराजित गरेको थियो । संयोगबस फाईनलमा पुगेका दुवै टिम आफ्नो कमजोरी सुधार गरेर उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने योजनामा छन् । महिला भलिबलमा ६ वटा स्थानीय तहले सहभागीता जनाएका थिए । IMG_4579१० वटा स्थानीय तहले सहभागीता जनाएको पुरुष भलिबलको फाईनलमा बेनी नगरपालीका र मंगला गाउँपालीका भिड्ने भएका छन् । दुवै खेलको फाईनल आईतबार बिहान खुल्ला मञ्चमा सञ्चालन गरिने खेल संयोजक श्रेष्ठले बताउनुभयो । पुरुष भलिबलको बिजेतालाई ७७ हजार ७७७ , उपबिजेतालाई ४४ हजार ४४४ र अनुशाषीत टिमलाई तिन हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको छ । महिला भलिबलमा प्रथम हुनेलाई ४४ हजार ४४४, दितृय हुनेलाई २२ हजार २२२ र अनुशाषित टिमलाई दुई हजार रुपैया पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।