हेलीकप्टरबाट म्याग्दीका पर्यटकीय स्थलहरुको अवलोकन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ४ माघ ।26940676_1805115072846054_33266400_n

बेनीमा सञ्चालित छैठौ म्याग्दी महोत्सव माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि औद्योगिक ब्यापारीक मेलाको सातौ दिन बिहीबार हेलीकप्टरबाट जिल्लाका पर्यटकीय स्थलहरुको अवलोकन गराइएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुष २८ गतेदेखि सुरु भएको महोत्सवको अवसरमा म्याग्दी लबर्स ग्रुपले बेनी देखि जिल्लाका विभिन्न ठाउँमा रहेका पर्यटकीय स्थलहरुको अवलोकन गर्ने व्यवस्था मिलाएको हो ।

प्रभु एयरको हेलीकप्टर मार्फत ज्यामरुककोट, झाँक्रेपानी, टोड्के मालीका, चिमखोला, रुईसे, भुरुङ तातोपानी, खोप्रा, घोडेपानी, मोहरे, मल्लाज र बेनीको दृष्य अवलोकन गराइएको थियो भने केही पर्यटकहरु ढोरपाटन पनी पुगेका थिए ।

४५ जनाले हेलीकप्टर मार्फत पर्यटकीय स्थलहरुको भ्रमण गरेको आयोजकले जनाएको छ । हेलीकप्टरबाट दृष्य अवलोकनका लागि प्रतिव्यक्ति सात हजार, दश हजार र १४ हजार रुपैया दरको प्याकेज बनाइएको छ । महोत्सव अन्तरगत बिहीबार लोक दोहोरी गित प्रतियोगिताको पहिलो चरणको प्रतिस्पर्धा सकिएको छ ।

बिहीबार मंगला गाउँपालीका र नेपाल मगर संघबीच भएको प्रतिस्र्धामा मंगला गाउँपालीका बिजयी भएको लोक दोहोरी गित प्रतियोगिताका संयोजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी मिलन अमात्याय, प्रकाश सपुत, मिना नेपाली र सम्झना लामीछानेले गित तथा रोमा न्यौपानेले एउटा खुट्टले टेकेर नृत्य प्रस्तुत गर्नुभएको थियो ।

शुक्रबार कलाकार अञ्जु पन्तको प्रस्तुती रहने सांस्कृतीक संयोजक बेलबहादुर कटुवालले बताउनुभयो । माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न मनोरञ्जनमुलक कार्यक्रमहरुका साथै स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय बस्तु तथा सेवाको प्रर्दशनीहरु समेत रहेका छन् ।

महोत्सव स्थलमा २०० वटा स्टलहरु रहेका छन् । महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र छ करोडको कारोबार हुने आयोजकको अनुमान छ । म्याग्दी जिल्लाको सम्भावनाको उजागर, कला र संस्कृतीको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

महोत्सवको अवसरमा बेनी देखि लभहिलसम्म घोडा सफारी र जलेश्वर देखि दोभानसम्म कालीगण्डकीमा ¥याफ्टीङ सञ्चालन गरिएको छ । जिल्लाका पर्यटकीय र धार्मीक स्थलहरुलाई समेटेको तस्विर र वृत्तचित्र प्रर्दशनीका साथै विभिन्न जात जातीको झाँकी प्रस्तुती गरिएको छ ।