म्याग्दी महोत्सवमा घोडा सफारीप्रति युवायुवतीहरु आकर्षीत

विकल्प न्यूज/बेनी
माघ २ गते । DSC_0021 DSC_0023मंङगलवार घोडाबाट बेनी देखि लभ्लीहिल जाने तयारी गर्दै एक युवती । तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दीको सदरमुकाम बेनी बजारमा जारी छैठौं म्याग्दी महोत्सवमा घोडासफारीप्रति युवाहरु आकर्षीत भएका छन् । महोत्सवको अवधिभर बेनी देखि लभ्लीहिल सम्म पाँचसय रुपियाँमा घोडा सफारीको व्यवस्था गरिएको छ । नयाँ पर्यटकीय क्षेत्रका रुपमा विकसित हुन लागेको लभ्लीहिलको पर्यटन प्रवद्र्धन गर्न घोडा सफारी राखिएको म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।